८ वैशाख, काठमाडौं । रोजगारीका लागि विदेशिने नेपालीहरुको संख्या घटे पनि वैदेशिक रोजगारीमा कार्यरत नेपालीहरुले नेपाल पठाउने पैसा (रेमिट्यान्स) भने उल्लेख्य बढेको छ ।
वैदेशिक रोजगारीमा जानेको संख्गा २३ प्रतिशतले घट्दा रेमिट्यान्स आप्रबाह भने १५ प्रतिशतले बढेको तथ्यांक नेपाल राष्ट्र बैंकले बुधबार सार्वजानिक गरेको छ ।
४ खर्ब २७ अर्ब भित्रियो
राष्ट्र बैंकले सार्वजानिक गरेको देशको वर्तमान आर्थिक स्थितिअनुसार गत फागुन मसान्तसम्ममा ४ खर्ब २७ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यो गत आर्थिक वर्षको फागुन महिनाको तुलनामा १५.२ प्रतिशतले बढी हो ।
अघिल्लो वर्षको यसै अवधिमा भने यस्तो रेमिट्यान्स ४ प्रतिशतले मात्रै बढेको थियो । चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा रेमिट्यान्सलाई प्रत्यक्ष प्रभाव पार्ने वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्यामा भने गत वर्षको सोही अवधिको भन्दा २३.२ प्रतिशतले घटेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
जबकी अघिल्लो वर्षको सोही अवधिमा विदेशीने नेपालीहरुको संख्या १७.१ प्रतिशतले बढेको थियो ।
डलरको भाउ, भूकम्प र नाकाबन्दी कारक
डलरमा रेमिट्यान्स आउने रेमिटान्स ७.१ प्रतिशत र नेपाली मुद्रामा आउाने रेमिट्यान्स आप्रवाहको वृद्धिदर १५ प्रतिशतले बढी भएको राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले अनलाइनखबलाई जानकारी दिए ।
त्यसैगरी, भूकम्प र नाकाबन्दीका कारण विदेशमा कम खर्च गरेर घरमा बढी पैसा पठाउन थालेको थापाले जानकारी दिए । अहिलेको रेमिटयान्स पहिले विदेशीएकाहरुले पठाएको र अहिले संख्या घटेको असर आगामी केही महनिामा देखिने उनको भनाई थियो ।
यस अवधिमा अमेरिकी डलरको भाउ इतिहासकै महंगो भएकाले डरलमा रेमिटान्स पठाउनेहरु प्रोत्साहित भएको थापाले बताए । नेपाली मुद्रा डलरसँग अबमूल्यन हुँदा केही समय त एक अमेरिकी डलरको भाउ १ सय १० रुपैयाँसम्म पुगेको थियो ।
प्रतिक्रिया 4