Comments Add Comment

द्वन्द्वकालीन मुद्दामा ६ माओवादी एकै ठाउँ

6-mao-meet

८ वैशाख, काठमाडौं । सशस्त्र द्वन्द्वकालीन मुद्दालाई लिएर छ माओवादी एक ठाउँमा उभिएका छन् ।

एमाओवादी अध्यक्ष प्रचण्डको आहृवानमा बुधबार पेरिसडाँडामा विभाजित माओवादीहरुको भेला नै भएको थियो । बैठकमा विप्वल माओवादीका नेताहरु अनुपस्थित रहे भने नयाँ शक्ति नेपाल निर्माणमा लागेका बाबुराम भट्टराईको पार्टीका प्रतिनिधि भने सहभागी भ.एका छन् ।

बैठकले शान्ति प्रक्रियालाई भाड्ने प्रयास भइरहेको भन्दै माओवादीहरु एक ठाउँमा अभिनु पर्नेमा जोड दिएको छ । स्रोतका अनुसार शान्ति सम्झौता अनुसार नै प्रहरी र अदालतमा भएका मुद्धाहरुलाई टिआरसीमा लैजान माग गर्दै माओवादी शीर्ष नेताहरुले नै संयुक्त वक्तव्य निकाल्दैछन् ।

माओवादी शीर्ष नेताहरुको बैठकले द्वन्द्वकालीन मुद्धा सत्य निरुपण र वेपत्ता आयोगले मात्र हेर्नु पर्नेमा जोड दिएको छ । उसका लागि सरकारलाई आवश्यक दबाव दिने र राजनीतिक पहल लिने निर्णय भएको छ ।

साथै शीर्ष नेताहरुको समन्वयमा बस्ने सहमति भएको छ । साथै अहिले सत्य निरुपण र वेपत्ता छानविन आयोगले उजुरी आहृवान गरेकाले कार्यकर्तालाई सहयोग गर्न कानुनी डेस्क नै बनाउने सहमति भएको छ ।

र, उजुरी दर्ताका लागि सामूहिक अभियान नै चलाउने भएका छन् । बैठकवपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले भने, अहिले निवेदनहरु दर्ता गर्ने क्रम चलेको छ । त्यसलाई समूहिक ढंगले देशैभरी कहीँ कतै नछुटुन् भने सामुहिक अभियान चलाउने भन्ने भएको छ ।’

सत्य निरुपण मेलमिलाप तथा बेपत्ता सम्बन्धी दुबै आयोगहरुले वैशाख ५ देखि उजुरी दिन थालेका छन् । आयोगले द्वन्द्वकालीन घटनाको उजुरी लिन थालेपछि माओवादीबाट पीडित भएकाहरुले आयोगमा धमाधम उजुरी दिइरहेका छन् । तर, यसबारे माओवादी नेताहरु भने के गर्ने र कसो गर्ने भन्ने अन्योलमा परेका छन् ।

यस्तो हुनुमा आयोगमा उजुरी दिने कि नदिने भन्नेबारे विप्लव समूहमा फरक मत रहेको स्रोतले बतायो । ‘प्रचण्डको एजेण्डा क्लियर भएन, त्यसैले हामी पेरिसडाँडा गएनौं,’ विप्लव माओवादीका एक नेताले अनलाइनखबरसँग भने ।

आयोगमा आफ्नो पार्टीको तर्फबाट उजुरी दिने कि नदिने भन्नेबारे फरक प्रचण्डको भन्दा आफूहरुको फरक धारणा रहेको विप्लव समूहका नेताले बताएका छन् ।

प्रचण्ड र वैद्य समूहका नेताहरु भने आयोगमा बढी भन्दा बढी उजुरीहरु दर्ता गर्ने पक्षमा रहेको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment