Comments Add Comment

ऋतिक मेरो आर्दशः टाइगर श्राफ

jaki 1

पहिलो फिल्म ‘हिरोपन्थी’ वाट टाईगर श्राफले आफ्नो डान्स एक्सनको कारण दर्शकलाई राम्रै प्रभाव पारे । यही टिमको दोस्रो फिल्म आउँदैछ ‘बागी’ । फिल्मको मुख्य अभिनेता टाइगर श्राफले असल जिन्दगीमा आफुले असुरक्षित महसुस् गरिरहेको बताएका छन् । ‘म फिल्म उद्योगमा आएको एक वर्ष भयो तर, आजसम्म मैले साथी बनाउन सकेको छैन ।’ टाइगरले भने ‘म अलि लजालु छु’

उनलाई धेरै मान्छेसँग घुलमिल हुन मनै लाग्दैन । उनी आफैलाई लाग्छ ‘म मिलनसार छैन । एकांकी छु’ उनी काम बाहेक अरु कुरा सोच्दैनन् र यसैमा रमाउने बानी छ उनको ।

एउटा कुरामा भने उनी असाध्यै खुसी छन् । अहिलेसम्म उनले आफ्नो बाबा ज्याकी श्राफको नाम बेच्न परेको छैन । उनको चाहना छ । ‘ज्याकीको छोरा होईन टाईगर भएर दर्शकमाझ परिचित हुन सकुँ’ ।

jaki

उनले अर्को पनि कुरा गरे ‘म दर्शकलाई यो पनि प्रष्ट पार्न चाहन्छु, जुन फिल्ममा मेरो बुबाले काम गर्नु भयो त्यो फिल्ममा मैले काम गर्न सक्दिन र मैले काम गरेको फिल्ममा पनि मेरो बुबाले काम गर्न सक्नु हुन्थेन ।’

ऋतिक रोशनको नक्कल गरेको आरोप पनि लाग्ने गरेको छ उनलाई । उनी भन्छन् ‘म ऋतीक रोशन जस्तै डान्स र एक्सन गर्न चाहन्छु । उनी मेरा आईडियल हुन् ‘ ।

ऋतिकलाई दर्शकहरुले क्रिश भनेर चिने जस्तै टाईटर पनि सुपरहिरो ‘फलाईङ्ग जट्ट’ को माध्यमवाट आफुलाई चिनुन् भन्ने चाहन्छन् । कुंग फू र मार्शल आर्टमा आधारित फिल्म ‘बागी’ मा श्रद्धा कपुरसंग अभिनय गरेका छन् उनले । उक्त फिल्म २९ अप्रिलमा रिलिज हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment