Comments Add Comment

भीभीआइपीको वैशाख १२ पनि शिलान्यास मै बित्ने भो

reconstruction-punarniraman९ वैशाख, काठमाडौं । भूकम्प गएको एक वर्ष पुगेको अवसरमा वैशाख १२ गते थप ४ वटा पुरातात्विक सम्पदाको शिलान्यास हुने भएको छ ।

भूकम्पपीडितको घर बनाउने क्रम अझै सुरु नभए पनि सरकारले पुरातात्विक सम्पादाको शिलान्यास गरेरै वैशाख १२ गते भूकम्प स्मिृति दिवस मनाउने योजना बनाएको छ ।

वैशाख १२ मा काठमाडौं उपत्यका ४ पुरातात्विक सम्पदाको शिलान्यास गर्ने तय भएको छ । पुरातत्व विभागका अनुसार साँखुको खड्ग जोगिनी, हनुमानढोकाको बंशगोपाल र भक्तपुरको फर्सिदेग, स्वम्भुको अनन्तपुर मन्दिरको शिलान्यास वैशाख १२ गते हुनेछन् ।

ती सम्पदाको शिलान्यासमा राष्ट्रपति/उपराष्ट्रपतिसहित प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न विशिष्ट सरकारी अधिकारीहरु सहभागी हुने तय भएको छ । ४ ठाउँमा छुट्टा-छुट्टै कार्यक्रम गरिनेछन् ।

यी सम्पदाको पुनर्निर्माणका लागि पुरातत्व विभागले यसअघि नै टेण्डर आह्वान गरिसकेको छ ।

राष्ट्रिय पुनर्निर्माण अभियान भन्दै यसअघि शिलान्यास भएका सम्पदाहरुको निर्माण भने अझै अघि बढेको छैन । गत माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा शिलान्यास भएका रानीपोखरी र रातो मच्छिन्द्रनाथको मन्दिर तथा आनन्दकुटी बिहारको पुनर्निर्माण अझै सुरु भएको छैन ।

टेण्डर प्रक्रियामा गएर पनि राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको रानीपोखरीमा काम सुरु भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको रातो मच्छिन्द्रनाथ मन्दिरको निर्माणका लागि श्रीलंका सरकारले टेण्डर प्रक्रिया थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment