Comments Add Comment

दीपाबारे दीपकले के सोचेका थिए, के भयो ?

deepa and dipak
जतिबेला सहकर्मी कलाकार दीपाश्री निरौला चलचित्र निर्देशन गर्छु भन्दै थिइन्, दीपकराज गिरीलाई उनीमाथि सतप्रतिशत विश्वास थिएन । तर पनि दीपामाथि लगानी गरेर दीपकले ‘छक्का पन्जा’ बनाउन कस्सिए । काठमाण्डौ बाहिरको सम्पूर्ण छायांकन सकाएर काठमाण्डौ फर्किएका दीपक अहिले भने दंग छन् ।

अब, २ वटा गीतमात्र छायांकन गर्न बाँकी रहेको सुनाउँदै उनले दीपाको प्रशंसा गरे । कस्तो रह्यो त चलचित्र निर्देशनको अनुभव, दीपाले अनलाइनखबरको प्रश्नमा भनिन्-‘१२ बर्षको अनुभव सबै चलचित्रमा लगाएकी छु । आफूले जे जानेको हो त्यही नै त गर्ने हो नि, होइन र ?’

दीपकले भने दीपाको खुलेरै तारिफ गरे । भने-‘मैले पनि सोचेको थिइन, उहाँले यति सजिलोसँग काम गर्नुहुन्छ भनेर ।’ छायांकार पुरुषोत्तम प्रधानले दीपालाई धेरै कुरा सिकाउनुपर्छ होला भन्ने सोचमा थिए । तर, दीपाको काम देखेर उनी पनि छक्क परेको दीपकले सुनाए ।

‘छक्का पन्जा’सँग दीपाको करिअर जोडिएको छ । हाँस्य सिरियलमा सह-निर्देशन गरेर आफ्नो कला देखाइसकेकी दीपाले उत्कृष्ट चलचित्र बनाएको खण्डमा उनका नयाँ परिचय बन्नेछ । किनकी, नेपालमा महिला निर्देशकहरु चलचित्रमा खासै सफल भएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment