Comments Add Comment

भूकम्पले भत्किएका घर बनाउन आइएनजीओले २४ अर्ब सहयोग गर्ने

Singati Dolakha (8)
९ वैशाख, काठमाडौं । अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले भुकम्पबाट घरबास विहिन पीडितलाई पाँच वर्षभित्र २२ करोड ९० लाख अमेरिकी डलर (२४ अर्ब ४ करोड) सहयोग गर्ने घोषणा गरेका छन् ।

नेपालमा कार्यरत गैरसरकारी संस्थाहरुको सञ्जाल एआइएनले बिहिबार राजधानीमा भत्किएका घरहरु बनाइदिन २४ अर्ब ४ करोड रुपैयाँ खर्च गर्ने घोषणा गरेको हो । एआइएनकी निमित्त अध्यक्ष सारा ब्लिनले भूकम्पपछि जोखिममा रहेका मानिसलाई राम्रो घरमा बसाउन, न्यूनतम सेवाहरुमा पहुँच दिलाउन र भविष्यमा आउन सक्ने विपदबाट सुरक्षित राख्नका लागि आफूहरुले पुनर्निमाणका सहयोग गर्न लागेको बताइन् ।

ब्लिनले भूकम्पपछिको एक वर्ष प्रभावितहरुका लागि निकै कष्टप्रद रहेको बताउँदै कष्टपूर्ण जीवन विताउँदै आएका प्रभावितहरुप्रति आफूहरु थप सहयोग गर्न लालयित रहेको बताइन । तर, सहयोगका लागि सरकारका जथाभावी शर्तहरु  भने स्वीकार नगर्ने उनको भनाई छ ।

भूकम्प लगत्तै राहत वितरणको समयमा सरकारका विभिन्न शर्तका कारण काम गर्न कठिनाइ झेल्नुपरेको भन्दै उनले पुनर्निमाणमा अनावश्यक सर्त राखे सहयोग फिर्ता लैजाने चेतावनी दिइन् ।

अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले भूकम्पपछिको ६ महिनामा प्रभावितहरुलाई अस्थायी आवास, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा २० अर्ब रुपैयाँ भन्दा बढीको सहयोग गरेको एआइएनको दाबी छ ।

कार्यक्रममा एआइएनले भूकम्पछिको उद्दार र राहतमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सम्मान गरेको थियो । यस्तै, भुकम्पबाट बच्ने उपायबारे निरन्तर सन्देश दिएको भन्दै एआइएनले रेडियो नेपाललाई पनि सम्मानित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment