Comments Add Comment

‘लुकामारी’मा यसरी चित्रित गरियो काठमाण्डौ(भिडियो)

A004_C215_09262Q
असार १० गतेबाट देशभर रिलिज हुने चलचित्र ‘लुकामारी’को एउटा गीत सार्वजनिक गरिएको छ । ‘काठमाण्डौमा’ बोलको गीतलाई प्रदर्शन मिति भन्दा करिब २ महिना अगाडि रिलिज गरिएको हो ।
धमेन्द्र सेवानको आवाज, विकास सिलवाल र विमल गौतमको शब्द, विकास सिलवालको संगीत रहेको यो गीतले काठमाण्डौको वर्तमान अवस्थालाई चित्रित गरेको छ ।

ग्लेज इन्टरटेमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा सुरजमान सिंह भण्डारीको लगानी छ । चलचित्रमा सौगात मल्ल, रिस्ता बस्नेत, सुरविना कार्की, कर्मा, विक्रम सिंह थारुको मुख्य भूमिका छ । चलचित्रलाई श्रीराम दाहालले निर्देशन गरेका हुन् ।

चलचित्रको कथावस्तुलाई अझै निर्माणपक्षले खुलाएको छैन । तर, चलचित्रलाई मनोरञ्जन, सस्पेन्स र एक्सनको खुराकको रुपमा तयार पारिएको निर्माणपक्षको दाबी छ । सिलिन्डर बोकेका सौगात मल्लको पोष्टर सार्वजनिक भएसँगै यो चलचित्र चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment