Comments Add Comment

कमल थापालाई आफ्नै पार्टीका १० नेताको चुनौती

सहमहामन्त्रीसहित ८ केन्द्रीय सदस्य केशरबहादुरको पक्षमा

Kamal thapa१० वैशाख, काठमाडौं । पार्टीका सहअध्यक्ष केशरबहादुर विष्टलाई  अध्यक्ष कमल थापाले तीन वर्षका लागि निलम्बन गरेपछि राप्रपा नेपालमा क्रमशः पहिरो जान थालेको छ ।

उपत्यकाको ललितपुर जिल्ला कमिटीले कमल थापाको विरोध गर्दै केशरबहादुर विष्टलाई समर्थन गर्ने सर्वसम्मत निर्णय गरेको २४ घण्टा नबित्दै सहमहामन्त्रीसहित ८ जना केन्द्रीय सदस्यहरु कमल थापाको विरुद्धमा उत्रिएका छन् ।

अध्यक्ष थापाले सहअध्यक्ष विष्टलाई कारवाही गरेकोमा आपत्ति जनाउँदै केन्द्रीय सदस्यहरुले संयुक्त विज्ञप्ति जारी गरेका छन् । विष्टको कारवाही फिर्ता लिन आग्रह गर्दै विज्ञप्ति जारी गर्नेमा एकजना सहमहामन्त्रीसमेत छन् ।

अध्यक्ष थापाविरुद्ध विष्टको पक्षमा समर्थन जनाउने नेताहरुमा सहमहामन्त्री मीरा राणासमेत छिन् । त्यसैगरी केन्द्रीय सदस्यहरु पदम ठकुराठी, धनश्याम गिरी, ऋषिबाबु परियार, विष्णु भट्टराई, दमन बस्नेत, बसन्तराज लम्साल र इन्द्र थापा पनि विष्टको पक्षमा उभिएका छन् ।

त्यसैगरी प्रवास विभाग प्रमुख श्याम केसी र पूर्वप्रहरी संगठनका महासचिव निराकारमानसिंह रेग्मी पनि कमल थापाविरुद्ध विष्टको पक्षमा उभिएका छन् ।

उल्लेखित १० जनाले नेताले संयुक्त वक्तव्यमार्फत विष्टमाथिको कारवाही फिर्ता लिन माग गर्दै भनेका छन्- ‘उक्त निलम्वन र निष्काशन अविलम्व फिर्ता गरियोस् र पार्टीका तमाम कार्यकताको आत्मसम्मानलाई सम्मान गर्दै इमान्दार कार्यकर्ताहरुलाई पार्टीको स्तर उन्नतिमा सक्रियपूर्वक काम गर्ने वातावरण सिर्जजना गरियोस् भनी सामुहिक अनुरोध गर्दछौं ।’

पार्टीका १० जना नेताले अध्यक्ष कमल थापालाई चुनौती दिँदै यसरी वक्तव्य जारी गरेपछि अब थापाले केशरबहादुर विष्ट र बिराज विष्टलाईजस्तै उनीहरुलाई पनि कारवाही गर्छन् या एक कदम पछाडि हटेर केशरबहादुरमाथिको कारवाही फिर्ता लिई पार्टीलाई फुट्नबाट जोगाउँछन्, योचाहिँ हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment