
१० वैशाख, सोलुखुम्बु । सोलुखुम्बुमा रहेको ल्होत्से हिमालको आधार शिविर नजिकै बेवारिसे शव भेटिएको छ ।
मधेसी मूलको जस्तो देखिने करिब ३५ वर्षीय पुरुषको शव भेटिएको छुकुमबाट लोप्साङ शेर्पाले जानकारी दिए । एक हप्ता अघिसम्म उक्त व्यक्ति छुकुम गाउँमा डुलिरहेको अबस्थामा देखेको स्थानीय बताउँछन् ।
उनको मृत्युको कारण खुलेको छैन । तर, हाई अल्टिच्यूटका कारण उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
ल्होत्से हिमालको दक्षिणी भागमा छुकुमदेखि करिब ३ किलोमिटर पर पहिचान नखुलेको शव भेटिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरीको टोली घटनास्थल तर्फ पठाइएको छ ।
– शिखर गजरकोटेबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4