नायक अनमोल केसी चलचित्र खेल्ने बिषयमा जती रिजर्भ छन्, बोल्ने कुरामा पनि त्यस्तै छन् । अनमोलले कुनै पनि चलचित्रमा संझौता नगरेसम्म बोल्दैनन् । अनमोलले सुरेन्द्र पौडेलले निर्देशन गर्ने भनिएको एक चलचित्रमा काम गर्ने तय भएको छ ।
सुवास इन्टरटेन्मेन्ट, टीभी फिल्मी र सुपर काजोल फिल्मस्ले यो चलचित्र बनाउने तयारी गरेको समाचार पनि सार्वजनिक भएको थियो । तर, अनमोल कुरा भैरहेको तर संझौता नभएको बताउँछन् । उनले त, आफ्नो ‘गाजलु’ पछि कुनै नयाँ प्रोजेक्ट समेत नभएको बताएका थिए ।
धेरै नेपाली कलाकार छन्, जो चलचित्र खेल्नका लागि प्रस्ताव आउने वित्तिकै मिडियामा मैले चलचित्र खेल्ने भए भनेर हल्ला गर्छन् । तर, अनमोल भने आफ्नै ब्यानरमा बन्न लागेको चलचित्रलाई पनि कुनै प्रोजेक्ट छैन भनेर लुकाइरहेका छन् । के साच्चै, यो अनमोलमा देखिएको व्यवसायिकता हो त ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4