Comments Add Comment

रामवरणमाथि खनिए प्रधानमन्त्री ओली, कूको प्रयास गरेको आरोप

Kp-oli

१० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन राष्ट्रपति डा. रामवरण यादवमाथि सैनिक कु गरेर संविधान जारी हुन नदिने असफल षडयन्त्र गरेको आरोप लगाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ६७ औं स्थापना दिवसको अवसरमा नेकपा एमालेले शुक्रबार काठमाडौमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति डा. यादवले संविधान जारी हुन नदिन प्रयास गरेको आारोप लगाएका हुन् । एमाले अध्यक्ष समेत रहेका ओलीले भने, संविधान जारी गर्न नदिन कत्रा प्रयत्न थिए भन्ने हिजो मात्र केही व्यक्तिको अभिव्यक्तिबाट यहाँहरुले बुझ्नु भएको होला । सकेको भए कू गर्ने सम्मका कुराहरु… ।’

[sam_list] पूर्वराष्ट्रपति डा. यादवले बिहीबार एक कार्यक्रममा मधेसलाई सम्बोधन नगरेकोमा आफूलाई दुःखी रहेको तर, पदीय जिम्मेवारी अनुसार संविधान जारी गरेको बताएका थिए । यदि आफ्नो ठाउँमा अरु कोही भएको भए १७ सालसम्म दोहोरिन सक्ने अवस्था थियो भनेर उनले भनेका थिए ।

तर, प्रधानमन्त्री ओलीलाई त्यसलाई यादवको नाम नलिई कु गर्ने प्रयास गरेको बताए ।

प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति डा. यादवमाथि एमालेलाई प्रधानमन्त्री, राष्ट्रपति लगायतका महत्वपूर्ण पद नदिन प्रयास गरेको आरोप पनि लगाए ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबै वाम शक्ति एक हुनुपर्ने बताए । कम्युनिस्ट पार्टी अब विभाजित र विखण्डित नभई संविधान कार्यान्वयनतिर एक भएर लाग्नुपर्नेमा उनको जोड थियो ।

उनले अघि भने, ‘एमाले जनताको मन जित्दै अहिलेको अवस्थासम्म आएको पार्टी हो । यो कुनै बम्पर उपहार वा गाई कि त्रिशूल गरेर जन्मिएको पार्टी होइन ।’

नेता माधवकुमार नेपालले नेपाली कम्युनिस्ट आन्दोलन विश्वको कान्छो आन्दोलन भए पनि अन्य मुलुकको तुलनामा उत्कृष्ट रहेको दाबी गरे ।

महासचिव ईश्वर पोखरेलले एमालेकै सक्रियतामा संविधान जारी भएकाले कार्यान्वयनको अगुवाइ पनि पार्टीले नै लिनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment