काठमाडौं । प्रदीपकुमार मैनालीद्वारा लिखित गजल सङ्ग्रह ‘तुलसीको पात’ सार्वजनिक भएको छ । स्थायी घर दोलखा सुन्द्रावती भई हाल भक्तपुर निवासी मैनालीको सो सङ्ग्रहमा ८४ गजल सङ्गृहीत छन् ।
अनाममण्डलीले आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री आनन्दप्रसाद पोखरेलले कृति विमोचन गरे ।
साहित्यकार बुँद राना र रामबहादुर पहाडीले सरकारलाई संस्कृतिको जर्गेना गर्ने खालको ठोस काम गर्न आग्रह रे । साहित्यकार प्रभाती किरणले गजलको सिद्धान्तको पालना गरे मात्र राम्रो गजल बन्न्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4