+
+
Shares

रातो मच्छिन्द्रनाथलाई महास्नान गराइयो

रासस रासस
२०७३ वैशाख ११ गते १४:५६

११ वैशाख, ललितपुर । वर्षा र सहकालका देवताको रुपमा मानिने रातो मच्छिन्द्रनाथको मूर्तिलाई शनिबार धुमधाम साथ महास्नान गराइएको छ ।

उपत्यकामै लामो जात्राको रुपमा मनाइने मच्छिन्द्रनाथको मूर्तिलाई पाटनको तःवहालबाट लगनखेलस्थित डबलीमा स्नान गराइएको हो । मूर्तिलाई स्नान गराउन नेवार समुदायभित्र पर्ने नेकुः जातिलाई चार दिनअघिनै निमन्त्रणा गरिएको गुठी संस्थानका निमित प्रमुख बैकुण्ठ आचार्यले बताए ।

मूर्तिलाई गुभाजुले पूजा गर्न सुरु गरेपछि डबलीको चारैदिशाबाट नेकुः समुदायले पानी हाल्ने प्रचलन रहेको छ । महास्नानका लागि वागमतीबाट चोखो पानी ल्याउने चलन चल्दै आएको छ ।

स्नान र पूजा सकिएपछि मूर्तिलाई हेर्न नमिल्ने किम्वदन्तीअनुसार तःवहालको मन्दिरमा राति ११ बजेसम्म कपडाले छोपेर राख्ने प्रचलन रहेको उनले बताए । मूर्ति पूजाका लागि २४ वटा पालामा सक्खर र २४ वटा पालामा घीउ, पानी, मह र दुध ल्याउने प्रचलन रहेको छ ।

 

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?