Comments Add Comment

ताप्लेजुङ सदरमुकाम हिलाम्मे, कालोपत्रे सडक बन्यो कच्ची


taplejung_road (3)१२ वैशाख, काठमाडौं । ताप्लेजुङ सदरमुकाम फुङलिङमा कालोपत्रे सडक जिर्ण बन्दा सर्वसाधरणले सास्ती पाएका छन् ।

कालोपत्र गरिएको भएपनि सडकका अधिकांश भागमा कालोपत्र उक्किएको छ भने भत्किएको ठाउँमा पानी जम्दा सडक हिलाम्मे बनेको छ । जसका कारण यातायात सञ्चालन र हिड्डुल गर्न समेत समस्या गर्ने गरेको छ ।

मेची राजमार्ग अन्तर्गत पर्ने सदरमुकाम फुङलिङभित्रको अधिकांस सडकको अवस्था यस्तो भएको हो । पाँच वर्ष अघि मेची राजमार्ग अन्तर्गत पाँचथर-ताप्लेजुङ सडक खण्डको ८६ किलोमिटर कालोपत्रे गरिएको र कालोपत्रे भएको वर्ष दिन नहुँदै सो सडक भत्कन सुरु भएको थियो । अहिले यस स्थानमा कालोपत्रेको कुनै चिन्ह पनि देखिदैन ।

taplejung_road (1)सानो सडक र सबै भत्किए पछि यातायातका साधानहरु ओहोरदोहोर गर्न एक किलोमिटरमानै घण्टौँ सम्म लाग्ने गरेको छ ।

अझ वर्षा भएका बेलामा सडक हिलाम्मे भएर यातायातका साधनहरु फस्ने गरेकाले अत्यन्तै सास्ती खेप्नु परेको सवारी चालकहरुको गुनासो रहेको छ । भत्किएको सडकमा वर्षा नभएका बेला सवारी साधन चलाउनलाई केही सहज हुने भएपनि वर्षा भएका बेलामा अत्यन्तै कठिन हुने उनीहरु बताउँछन् ।

सदरमुकाम भित्र कालोपत्रे गरिएको सडक गुणस्तरीय नभएको साथै वर्षा मौसममा ठाउँ-ठाउँमा झने पहिरो र सडकमा बग्ने पानीलाई व्यवस्थित नगरिदा सबैभन्दा बढी सडकमा क्षति पुग्ने गरेको स्थानिय सञ्जय पतंवा लिम्बु बताउछन् ।

taplejung_road (2)यता कालोपत्रे सडक कच्ची सडकमा परिणत भइसक्दा पनि यसको रेख देख तथा निर्माण गर्ने सडक डिभिजन कार्यालय भने ईलाममा रहेकाले ताप्लेजुङको समस्या नबुझेको स्थानियको गुनासो रहेको छ । दुई जना कर्मचारी ताप्लेजुङमा खटाए पनि उनीहरुले प्रभावकारी काम गर्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment