Comments Add Comment

आकाशले हस्तान्तरण गरे प्रावी स्कुल, अन्य ३ स्कुल बनाउने काम तिब्र

aakash marisak and aaryan
चलचित्र ‘के म तिम्रो होइन र’का निर्देशक तथा लेखक आकाश अधिकारीले आफ्नो सामाजिक संस्था ‘आशाको ज्योती नेपाल’को तर्फबाट नुवाकोटको एक गाउामा प्राथमिक विद्यालय निर्माण गरिदिएका छन् । नुवाकोटको थान्सिङ्ग, ५ मा ५ कोठाका पक्की विद्यालय निर्माण गरेका आकाशले शनिबार विद्यालय व्यवस्थापन समितीलाई भवन हस्तान्तरण गरेका छन् । गतबर्ष शनिबारकै दिन भूकम्प जाादा विद्यालयको भवन पूर्ण रुपमा ध्वस्त भएको थियो ।

यसपछि, करिब ६ दर्जन विद्यार्थीले कष्टपुर्ण रुपमा अध्ययन गरिरहेका थिए । श्री कालिका देवी प्राथमिक विद्यालयको पक्की भवन हस्तान्तरण गर्न पुगेका आकाशले भोलीका कर्णधार बालबालिका आज पढ्नबाट टाढा होलान् भनेर आफूले यो भवन निर्माण गरिदिएको बताए ।
aakash school ma
यो संस्थालाई ग्लोबल रीच इन्टरनेशनल आइएनसी, न्यूजर्सीले पनि साथ दिएको छ । उनले आफूले राजनीति गर्न वा नाम कमाउनका लागि यस्तो सहयोग नगरेको बताए । विद्यालय हस्तान्तरण कार्यक्रममा उपस्थित भएका अभिभावक, विद्यार्थी, शिक्षक, शिक्षिकाहरुले यस्तो दुखमा साथ दिएको भन्दै आकाशलाई धन्यवाद दिए । विद्यालय हस्तान्तरण कार्यक्रममा संचारकर्मीको साथमा चलचित्र ‘के म तिम्रो होइन र’का नायक आर्यन अधिकारी, नायिका मरिष्का पोख्रेल, संस्थाकी कोषाध्यक्ष मधु क्षेत्री, सचिव संगीता क्षेत्री उपस्थित थिए ।

चलचित्र ‘के म तिम्रो होइन र’ वैशाख ३१ गतेबाट प्रदर्शनमा आउादैछ । आकाशले यस अगाडि पनि ललितपुरमा एक प्रावी विद्यालय निर्माण गरेर हस्तान्तरण गरेका थिए । अन्य ३ ठाउामा पनि विद्यालय निर्माण गर्ने काम चाडै सुरु हुने उनले बताए । school full size student

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment