Comments Add Comment

ऐतिहासिक सम्पदाको पुनःनिर्माण सोमबारदेखि सुरु हुँदै

Patan-Temple
१२ वैशाख, काठमाडौं । सरकारले भूकम्प गएको एक वर्षपछि क्षतिग्रस्त ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरु पुनः निर्माणको काम सुरु गर्ने भएको छ । सोमबार विभिन्न चार स्थानबाट सम्पदाहरु पुनःनिर्माणको काम सुभारम्भ गर्ने पर्यटन मन्त्रालयले जनाएको छ ।

चारवटा सम्पदाको पुनःनिर्माण सुभारम्भ प्रधानमन्त्रीसहित शिर्ष दलका शिर्ष नेताबाट विहान ९ बजे एउटै समयमा हुने बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एतिहासिक सम्पदा पुननिर्माणको सुरुवात अनन्तपुर मन्दिर स्वयम्भूको पुनःनिर्माण शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

पाटन दरवार क्षेत्रमा रहेको मणिमण्डपको पुनःनिर्माण शुभारम्भ पूर्वप्रधानमन्त्री तथा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले गर्नेछन् भने वंशगोपाल मन्दिर, हनुमानढोकाको पुननिर्माण नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल शुभारम्भ गर्नुहुनेछ ।

यसैगरी, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष तथा सासंद नारायणमान विजुक्छेले भक्तपुरको फसि देगः मन्दिर र याला गेटको जिर्णोद्धारको पुनःनिर्माण शुभारम्भ गर्नेछन् ।

भूकम्पबाट क्षति भएका एतिहासिक तथा पुरातत्विक सम्पदाको पुर्ननिर्माणको कार्य सोमबार चार स्थानमा ९ बजे एकैपटक सुभारम्भ हुने पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले जानकारी दिए ।

चार स्थानबाट पुनः निर्माणको सुभारम्भपछि ११ बजे भृकुटीमण्डपमा प्रधानमन्त्री ओली तथा प्रमुख राजनीतिक दलका नेताहरुको उपस्थितिमा गत एकवर्षभित्र नेपालमा भएका पर्यटन क्षेत्रका सकारात्मक घटना, तस्वीरहरु तथा भिडियो क्लिपको प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment