+
+
Shares

ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २८ गते १२:५४
Photo Credit : theguardian

२८ वैशाख, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । ब्राजिलले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ६ सय २७ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

साथै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि एक लाख ५५ हजार नौ सय ३९ पुगेको छ । यद्यपि सरकारको यो तथ्यांक विश्वसनीय नरहेको र वास्तविक संक्रमितको संख्या निकै बढी रहेको वैज्ञानिकहरुले बताएका छन् ।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नाघेसँगै नेशनल कंग्रेसले तीन दिनसम्म आधिकारिक शोक मनाउने निर्णय गरेको छ । साथै सबै नागरिकलाई कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि सिफारिस गरिएको नियम पालना गर्न सुझाव दिइएको छ । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले भने कोरोना भाइरस नियन्त्रणको लागि लगाइएको नियमको आलोचना गर्दै आएका छन् ।

स्रोत : अलजजीरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?