+
+
Shares

यसरी डुब्यो कीर्तिपुरको सुकुमवासी होल्डिङ सेन्टर (तस्वीरहरू)

होल्डिङ सेन्टर जलमग्न छ । ५४ जनाको उद्धार गरिएको छ । केही आफन्तकोमा बसेका छन् भने धेरै सेन्टरको आसपासमा बसिरहेका छन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ असार २७ गते ७:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लगातारको वर्षाका कारण बागमती नदीमा पानीको बहाव बढ्दा कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटको राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर जलमग्न भएको छ।
  • संयुक्त सुरक्षा टोलीले डुबानमा परेका १५४ जनामध्ये ५४ जनालाई उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरेका छन्।
  • सेन्टरका बाँकी व्यक्तिहरूमध्ये केही आफन्तकोमा गएका छन् भने अन्य केही सेन्टरकै आसपासमा सुरक्षित रूपमा रहेका छन्।

२७ असार, काठमाडौं । कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटको राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर डुबानमा परेको छ।

लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा शुक्रबार राति डुवान भएको हो । बिहानसम्म पनि सेन्टर जलमग्न छ । डुबानपछि सुरक्षाकर्मीले ५४ जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् ।

संयुक्त सुरक्षा टोलीले होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरिएको छ । केही आफन्तकोमा गएका छन् भने अरु सेन्टरकै आसपासमा रहेका छन् ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?