Comments Add Comment

काठमाडौंमा लकडाउन खुलेको हो ? (फोटो फिचर)

२८ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको छ ।

तर काठमाडौंको आजको दृष्यले लकडाउन हटिसकेको हो कि भन्ने भान हुन्छ । किनभने काठमाडौंका सडकमा गाडीहरुको ताँती लागेको छ । आइबार बिहान कार्यालय समय सुरु हुने बेला सुन्धारा क्षेत्रमा गाडीहरुको लामो जाम थियो ।

सरकारले भने लकडाउनको अवधि लम्बाउँदै जेठ ५ गतेसम्म पुर्‍याएको छ । आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी साधन चलाउन टाइम कार्ड लागु गरेको छ ।

फोटो  : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment