Comments Add Comment

घरकै जीममा व्यायाम गर्दै अनमोल

दैनिक रुपमा जीम जाने र शरीर फिट बनाउन चाहनेहरुका लागि अहिले समस्या भएको छ । जीममा रमाउने कलाकारहरु पनि जीम खुल्ने पर्खाइमा छन् ।

नेपाली चलचित्रका धेरै कलाकार पनि जीममा दैनिक घन्टौ बिताउने गर्दथे । उनीहरु अहिले घरमै सामान्य व्यायम गरिरहेका छन् ।

लकडाउनको समयमा आफूलाई फिट राख्न नसके तत्काल चलचित्रको छायांकनमा जानु परेको खण्डमा कलाकारलाई समस्या पर्न सक्छ । त्यसैले पनि केही कलाकारले पनि घरमै जीम गरिरहेका छन् ।

नायक अनमोल केसीले आफ्नै घरमा सानो जीम बनाएका छन् । अनमोल अहिले दैनिक केही घन्टा जीममा बिताउने गर्छन् ।

अनमोल भन्छन्–‘मैले घरमै सानो जीम बनाएको छु । लकडाउनको समयमा पनि फिट रहन आवश्यक छ । त्यसैले घरमै जीम गरिरहेको छु ।’

अनमोल चलचित्र ‘ए मेरो हजुर ४’को छायांकनमा व्यस्त थिए । लकडाउनको समयमा फिट रहन नसके चलचित्रमा जर्क देखिन सक्छ । त्यसैले पनि आफूलाई फिट राख्न व्यायम गरिरहेको अनमोल बताउँछन् ।

लक डाउन खुले लगत्तै चलचित्रको छायांकन सुरु गर्ने निर्माण पक्षको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment