Comments Add Comment

कोरोनाका कारण विश्वभर हवाई उडानसँगै दुर्घटना पनि घट्यो

Photo Credit : लकडाउकै बेला नेपालगञ्जमा दुर्घटनामा परेको नेपाल एयरलाइन्सको विमान ।

२४ वैशाख, काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर व्यापारिक तथा व्यवसायिक हवाई उडानमा व्यापक घटौती भएको छ । यसको प्रभावले हवाई दुर्घटना र मानवीय क्षतिमा समेत उल्लेख्य कमी आएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका अनुसार सन् २०२० को ५ महिनाको अवधिमा व्यवसायिक उडानका यात्रुबाहक जहाज दुर्घटनाको संख्या १८ रहेको छ । यो संख्या सन् २०१९ को यसै अवधिको तुलनामा १६ दुर्घटना कम हो ।

यस अवधिमा भएका दुर्घटनामा १७९ जनाको ज्यान गएको छ । यसमा सबैभन्दा ठूलो मानवीय क्षति जनवरी ८ मा इरानमा भएको युक्रेन एयरको दुर्घटना हो ।  यस दुर्घटनामा मात्र १ सय ७६ जनाको ज्यान गएको थियो । आईकाआले निजी जहाज तथा हेलिकोप्टर दुर्घटनाको भने रेकर्ड राख्दैन ।

सन् २०२० मा भएको मानवीय क्षति समेत सन् २०१९ को तुलनामा कम हो । गत वर्ष यसै अवधिमा २ सय १ जना मानिसको ज्यान गएको थियो । संसारका २ सय १५ भन्दा बढी मुलुकमा फैलिएको यस भाइरसको संक्रमण रोक्ने उद्देश्यले ९० भन्दा बढी मुलुकमा अन्तर्राष्ट्रिय व्यवसायिक उडान प्रतिवन्धमा छ ।

यसभित्र नेपाल पनि पर्छ । अन्य मुलुकमा समेत यात्रुहरुलाई विभिन्न प्रकारको प्रतिवन्ध कायम छ । जसले गर्दा व्यवसायिक हवाई उडानमा उल्लेख्य कमी आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment