+
+
Shares

‘किन गरे माया’को ट्रेलरमा जे देखियो

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १२ गते ११:३२

kina gare maya
अभी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘किन गरे माया’को ट्रेलर रिलिज गरिएको छ । दिलकुमार प्यासीको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा आयुष रेग्मी, सञ्जु सिलवाल, सरु घलान, हरिस तिमिल्सिना, सुष्मा कार्की, दिल कुमार प्यासी, रश्मी भट्टको मुख्य भूमिका छ ।

चलचित्रमा महेश खड्का र बसन्त सापकोटाको संगीत, दिल कुमार प्यासीको कथा, मनोज हमाल र सुरेश पाण्डेको नृत्य निर्देशन, शंकर महर्जनको एक्सन, दिव्य सुवेदी र निरज कँडेलको छायांकन, मित्र गुरुङको सम्पादन छ । चलचित्रलाई रमेश बोगटीले निर्देशन गरेका हुन् ।

यो चलचित्र जेठ १४ गतेबाट देशभर रिलिज हुने निर्माणपक्षले बताएको छ । चलचित्रको सार्वजनिक ट्रेलरमा प्रेम, विछोड, अवरोध मुख्य बिषय छन् । विशेषगरि, यो चलचित्रको गीतसंगीत अब्बल हुने छनक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?