मुक्तिनाथ मन्दिर । फाइल फोटो
News Summary
Generated by OK AI. Editorially reviewed.- मुक्तिनाथ मन्दिरमा विजयादशमीका दिन सर्वसाधारणलाई टीका, जमरा र आशीर्वाद दिने कार्यक्रम राखिएको छ।
- पुजारी कृष्णप्रसाद सुवेदीले आफन्त र अभिभावक नभएकालाई मन्दिरमा दशैं टीका लगाइदिने व्यवस्था गरिएको जानकारी दिएका हुन्।
- दशैंको दिन बिहान ५ बजेदेखि नृत्य आराधना सुरु भएर करिब २ घण्टापछि टीका लगाउने कार्यक्रम हुनेछ।
४ कात्तिक, मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मिक तीर्थस्थलका रुपमा परिचित मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दशैंको टीका लगाइने भएको छ ।
मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले दशैंको अवसरमा सर्वसाधारणलाई टीका, जमरा र आर्शीवाद दिने कार्यक्रम रहेको जानकारी दिएका हुन् । विजया दशमीको शुभ साइतको दिन अक्षता रुपी टीका, जमरा लगाएर सर्वसाधारणलाई आशीर्वाद दिइने पुजारी सुवेदीको भनाइ छ ।
आफन्त, मान्यजन र परिवारबाट टाढा भएका तथा अभिभावक नभएकालाई मुक्तिनाथ मन्दिरमा दशैं टीका लगाइदिने व्यवस्था गरिएको हो ।
दशैंको दिन बिहान ५ बजेदेखि मुक्तिनाथमा नृत्य आराधना सुरु हुनेछ । अराधना सकिएलगत्तै दशैंको टीका लगाउने कार्यक्रम रहेको पुजारी सुवेदीले जानकारी दिए । भगवानको नृत्य कर्म करिब २ घण्टासम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4