Comments Add Comment

अब चिनी बिनै दही हुिलयो हुने

curd_sugarदही भन्ने बित्तिकै अमिलो स्वादको झल्को आइहाल्छ । त्यसैले दहीको अमिलो मार्नका लागि त्यसमा चिनी मिसाएर खाने बानी धेरैको हुन्छ ।

तर यसरी गोरसमा चिनी मिसाउँदा त्यसले स्वास्थ्यमा असर पार्ने भन्दै कतिपय मानिसहरु दही खानबाटै पछि हट्दछन् ।

चिनी नमिसाइ खाउँ अमिलो हुने तर मिसाएर खाउँ चिनीले असर पार्ने डरका कारण दहीको स्वाद लिनबाट वञ्चित भइरहेकाहरुका लागि खुसीको खबर छ ।

डेनमार्कका वैज्ञानिकहरुले चिनी नमिसाइकन पनि मिसाएजस्तै गुलियो स्वादको दही जमाउन सफल भएका छन् ।

शोधकर्ताहरुको एक टोलीले दुधबाट दही बनाउने ब्याक्टेरियाको उपापचयन गुणमा परिवर्तन गरी प्राकृतिक रुपमै दहिलाई गुलियो बनाउने कार्यमा सफलता प्राप्त गरेको हो ।

शोधकर्ताहरुले सुक्ष्मवैज्ञानिक विधिको प्रयोग गरेर दुधबाट ल्याक्टोस तत्व बाहिर निकाल्न पनि सफल भएका छन् । जसका कारण दुध नपच्ने समस्या रहेका मानिसहरुले पनि दुग्धजन्य पदार्थहरु निर्धक्क भएर खान सक्नेछन् ।

डेनमार्कको बहुराष्ट्रिय बायोसाइन्स कम्पनी हेन्सन होल्डिंग्सका उपाध्यक्ष एवं शोधकर्ता एरिक जोहानसनका अनुसार शोधकर्ताहरुले ल्याक्टोबेसिलस ब्याक्टेरियालाई दुधमा भएको ग्लुकोज पचाउन नसक्ने गरी परिवर्तन गरेका छन् ।

यसरी दही बनाउने ब्याक्टेरियाले दुधमा भएको ग्लुकोज नपचाउने भएकाले यसरी जमाइएको दही चिनी हालेजस्तै गुलियो हुन्छ ।

यो शोध एपलाइड एण्ड इनभारोमेन्टल माइक्रोबायोलोजी जर्नलमा प्रकाशित छ । शोधकर्ताका अनुसार ग्लूकोज तत्व ल्याक्टोज तथा गाल्याक्टोज भन्दा बढि गुलियो हुने र परिवर्तित ब्याक्टेरियाले दुधमा भएको ग्लुकोज खाएर ल्याक्टोज निकाल्नुको साटो ग्लुकोज नै निकाल्ने भएको हुँदा यसरी बनेको दही गुलियो हुन्छ । जसका कारण दहीमा अतिरिक्त चिनी मिसाउनुु आवश्यक हुनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment