Comments Add Comment

बारबरा एडम्सको दाहसंस्कार सोमबार पशुपति आर्यघाटमा

पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि प्रज्ञा प्रतिष्ठानमा राखिने

१२ वैशाख, काठमाडौं । यही वैशाख १० गते निधन भएका पत्रकार बारबरा एडम्सको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा सोमबार बिहान ९ देखि ११ बजेसम्म राखिने भएको छ ।

Barbara-Adams
स्व. बारबरा एडम्स

त्यसै दिन एडम्सको अन्तिम चाहना बमोजिम उनको दाहसंस्कार पशुपति आर्यघाटमा गर्ने कार्यक्रम तय गरिएको बारबरा शान्ति प्रतिष्ठानले जनाएको छ ।

बेलायती महारानी एलिजावेथ द्वितीयाको नेपालमा सम्पन्न राजकीय भ्रमणको सिलसिलामा उनी सन् १९६० मा पहिलो पटक नेपाल आएकी थिइन् । नेपाल आएपछि उनी मृत्युपर्यन्त नेपालमै रहँदै आएकी थिइन् । नेपालमा व्यावसायिक पर्यटनको सुरुआत तथा प्रवर्द्धन गर्न एडम्सको अमूल्य योगदान रहेको छ । नेपाली समाजका विविध विधामा उनले स्वतन्त्र कलम चलाउँदै आएकी थिइन् ।

उनले २०६५ सालमा नेपाली नागरिकता प्राप्त गरेकी थिइन् । उनी पछिल्ला वर्षमा नेपालको सुदूरपश्चिमका बैतडी र दार्चुला जिल्लाका भूमिहीन र सुकुम्बासीका लागि घर बनाउने अभियानमा सक्रिय थिइन्  । उनले खोजी पत्रकारिताको संस्थागत विकास होस् भन्ने उद्देश्यले त्रिवि, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा ‘बारबरा एडम्स खोजी पत्रकारिता सम्मान’ स्थापना गरेकी थिइन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment