
१२ वैशाख, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य माइला लामा रिहा भएका छन् ।
नयाँबानेश्वर प्रहरी वृत्तले आइतबार दिउँसो लामा र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य चिरञ्जीवी ढकाललाई रिहा गरेको हो ।
उनीहरुलाई शनिबार काठमाडौंको कपनबाट प्रहरीले पक्राउ गरेको थियो । उनीहरू चन्दा असुलीमा लागेको प्रहरीको आरोप छ ।
[sam_list]
लामा र ढकाललाई रिहा गर्न माग गर्दै विप्लव नेतृत्वको नेकपा माओवादी उपत्यका व्युरोले मशाल जुलुसलगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
विप्लव पक्षका एक नेताले भने, ‘हामीले आन्दोलनको चेतावनी दिएपछि प्रहरी रिहा गर्न बाध्य भयो ।’
विप्लव माओवादीका नेता कार्यकर्ताहरुले लामा र ढकाललाई रिहा गर्न माग गर्दै प्रहरी वृत्त बानेश्वर घेराउसमेत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4