Comments Add Comment

रौतहटमा आगलागी, ९ घर जलेर नष्ट

Fire-at-Rautahat

१२ वैशाख, रौतहट । रौतहटको हजमिनिया गाविसमा आइतबार आगलागी हुँदा ९ घर जलेर नष्ट भएका छन् ।

हजमिनिया गाविस ९ पताही टोलका शिवदयाल ठाकुरको घर अगाडि फ्याँकिएको खरानीबाट सल्किएको आगोले ठाकुरसहित स्थानिय भुनेश्वर ठाकुर, किसुन ठाकुर, रामवालक ठाकुर, रामाकान्त ठाकुर, विन्दा साह, रामलाल साह र ठाकुर साहको समेत गरी ९ जनाको घर जलेर नष्ट भएका हुन् ।

पश्चिमतर्फबाट चलेको हावाका कारण क्षणभरमै बस्तीका ९ घर पूर्ण रुपमा जलेर खरानी भएको स्थानीय रामलाल साहले बताए ।

‘शिवदयालको घरबाट सल्केको आगोले एकक्षणमै बर्बाद बनायो,’ आगलागीबाट घर गुमाएका साहले भने, ‘हुरी जस्तै चलेको हावाका कारण हामीले आगलागी नियन्त्रण गर्ने सकेनौं ।’

स्थानियले आगलागी नियन्त्रण गर्न नसकेपछि गौर नगरपालिकाको वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको सहयोगमा आगो नियन्त्रण गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालयबाट आएका सुरक्षाकर्मीहरु तथा गौर नगरपालिकाको दुई वटा वारुणयन्त्रको मद्दतबाट दुई घण्टा पश्चात आगोलाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

स्थानीय बासिन्दाहरुका अनुसार आगलागीले घरमा भएका अन्न, लत्ताकपडा, नगद तथा गरगहनाहरु नष्ट हुँदा ४० लाख भन्दा बढीको क्षति भएको छ । विन्दा साह र रामलाल साहको घरमा राखिएको ५० क्वीन्टलभन्दा बढी गहुँ र धान जलेर खरानी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment