Comments Add Comment

ताप्लेजुङमा द्वन्द्वपीडितका २१ उजुरी दर्ता

१३ वैशाख , ताप्लेजुङ । सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वपीडितले उजुरी गर्न सक्ने व्यवस्था गरेसँगै ताप्लेजुङमा २१ उजुरु दर्ता भएका छन् ।

Taplejungआयोगले जिल्लास्थित शान्ति समितिको कार्यालय मार्फत देशैभर उजुरी संकलन गर्न सुरु गरेसँगै ताप्लेजुङमा एक साताको अवधिमा पीडितहरुले उजुरी दर्ता गराएका हुन् ।

स्थानिय शान्ति समिति ताप्लेजुङका अनुसार बेपात्ता दुई र बाँकि १९ वटा घाईते, अपाङ्ग, विस्थापित, सम्पत्ति क्षति, अपहरण, हत्या र बलात्कार सम्बन्धी उजुरी रहेका छन् ।

सुरुको समयमा न्यून उजुरी आए पनि पछिल्लो समय प्रचार प्रसारका कारण उजुरीको संख्या बढेको स्थानिय शान्ति समिति ताप्लेजुङले जनाएको छ ।

माओवादी सशस्त्र द्वन्द्वको समयमा गम्भिर मानवअधिकार उल्लङ्घनका घटनाको वास्तविकता पत्ता लगाई सार्वजनिक गर्ने तथा पीडित र पीडकबीच मेलमिलाप गराउने साथै पीडितलाई उचित क्षतिपुर्तिको लागि सरकारसमक्ष सिफारिसगर्ने उद्धेश्यले गठन भएको आयोगले वैशाख पाँच गतेबाट देशभर एकैसाथ उजुरी संकलन सुरु गरेको छ ।

एक वर्ष अघि गठन भएको आयोगले आगामी असार दुई गते सम्म उजुरी लिने बताएको छ । बेपत्ता व्यक्तिका लागि गठन भएको आयोगले भने जेठ मसान्त सम्म मात्र उजुरी लिने जनाईएको छ ।

थानिय शान्ति समिति ताप्लेजुङले यस अघि संकलन गरेको तथ्याङ्कमा ताप्लेजुङ जिल्लामा सर्वसाधारण तर्फ मृतकका परिवार दुई सय, सेना प्रहरी तर्फ बाह्र र छ बेपत्ताको संख्या रहेको छ ।

मृतक र बेपत्ता सहित सबै किसिमका द्वन्द्वपीडित परीवारको संख्या भने ताप्लेजुङमा पाँच सय वढी रहेको स्थानिय शान्ति समितिका सदस्य सचिव इक्साहाङ मेन्याङ्बोले बताए ।

हाल दर्ता भइरहेका उजुरी आवस्यक छानविन गरी सत्य तथ्य पत्ता लगाई कारवाहिका लागि सरकार समक्ष सिफारिस गर्ने ताप्लेजुङ पुगेका आयोगका सदस्य लिला उदासि खनालले बताए । उनका अनुसार गत शुक्रबार सम्ममा देशभर आठ सय उजुरी परेको छ ।

आयोगले २०५२ साल फागुन १ देखि २०६३ मंसिर १ सम्म भएको सशस्त्र द्वन्द्वको समयको मात्र उजुरी लिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment