+

क्रिष्टल प्यालेस एफए कपको फाइनलमा

२०७३ वैशाख  १३ गते ८:४१ २०७३ वैशाख १३ गते ८:४१
क्रिष्टल प्यालेस एफए कपको फाइनलमा

Crystal Palace१३ वैशाख, काठमाडौं । क्रिष्टल प्यालेस एफए कप फुटबलको फाइनलमा पुगेको छ । र, अब उपाधिका लागि म्यानचेष्टर युनाइटेडसँग खेल्नेछ ।

आइतबार राति भएको खेलमा प्यालेसले वाटफोर्डलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा क्रिष्टिल प्यालेसले छैटौं मिनेटमा यानिक बोलेजीको गोलबाट अग्रता लिएको थियो । तर, ५५ औं मिनेटमा वाटफोर्डले बराबरी गोल फर्कायो ।

६१ औं मिनेटमा विचहमले गोल गर्दै फेरि प्यालेसलाई अग्रता दिलाए । खेलमा थप गोल हुन सकेन । र, क्रिष्टल प्यालेस २-१ ले विजयी भएको छ ।

एफए कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय