Comments Add Comment

नेपाल सुरक्षित रहेको सन्देश दिन डेनमार्कमा अन्तरक्रिया

kopanheganकोपनहेगन । गत बर्षको भूकम्पले नेपालको पर्यटन क्षेत्रलाई पनि नराम्ररी प्रभावित बनायो । यसले नेपालको भ्रमण गर्न चाहने बिदेशीहरुलाई योजना स्थगित गर्न बाध्य बनायो । तर अहिले परिस्थिति फेरिएको छ । हालै डेनमार्कको राजधानी कोपनहेगनमा आयोजीत ‘नेपाल नाउ’ अर्थात ‘अहिले नेपाल’ कार्यक्रममा धेरै स्थानीय डेनिश नागरीकहरुले चासो व्यक्त गरेका थिए ।

नेपाली पर्यटन र संस्कृतिको बारेमा जानकारी दिनका साथै भूकम्पपछि अहिलेको नेपालको अवस्था र पर्यटनको बारेमा जानकारी दिने उद्धेश्यले डेनमार्कको कोपनहेगनमा भएको कार्यक्रममा आगन्तुकहरुले निकै उत्सुक बनेर चासो राखेका थिए । नेपाली दुतावास डेनमार्क र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको कार्यक्रममा करीब ८० जना स्थानीय डेनिश र अन्य देशका नागरिकहरुको उपस्थिति थियो ।

कार्यक्रममा राजदुत मुक्तिनाथ भट्टले भुकम्पपछिको त्रास र असुरक्षा अब नरहेको र भुकम्पले पूर्वाधारहरुमा क्षती नपुगेकोले यात्रा गर्नको लागि नेपाल सुरक्षित र उचित गन्तव्य भएको सबैलाई जानकारी गराए ।

यसैगरी नेपाली दुतावासका नियोग उप-प्रमुख रामकाजी खड्काले नेपालको पर्यटन र लगानीको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनका अनुसार डेनमार्कबाट पछिल्लो नेपाल यात्रा गर्ने डेनिसहरुको संख्या घट्दो क्रममा रहनुको कारण भुकम्पपछिको त्रास अनि उचित र सही जानकारीको कमी हुनु भएकोले नेपालको बारेमा जानकारी आवश्यक परे नेपाली दूतावासले उपलब्ध गराउने बताए ।

नेपाल पर्यटन बोर्डका डेनमार्क प्रतिनिधि सोमनाथ सापकोटाले नेपालको पर्यटनको बारेमा जानकारी गराउँदै पर्यटकहरुको लागि आवश्यक विविध सहयोग नेपाल पर्यटन बोर्डले उपलब्ध गराउने प्रष्ट पारे ।

kopanhegan1

सोहि अवसरमा आइसल्याण्डबाट आएका नागरीक हृयुरटुर स्मारासनले प्राकृतिक विपत्ति परेको समयमा सञ्चार माध्यममा यथार्थभन्दा बाहिर गएर समाचार सम्प्रेशण गर्ने गरेकाले पर्यटकको त्रास बढ्ने उनले बताए ।

उनको छोरा गतसालको भुकम्पको बेला नेपाल भ्रमणमा भएकोले पनि आफुले चासो व्यक्त गरेर नेपाल ठीक छ, पर्यटनका पूर्वाधार सबै ठीक छन् भन्ने सन्देश तुरुन्तै फेसबुक र ट्वीटर मार्फत जानकारी दिएको बताए ।

उनले सन् २०१० मा आइसल्याण्डमा आएको भोल्कानोको कारण देशमा परेको पर्यटनको असरको उदाहरण दिंदै गलत जनाकारी दिनाले त्यतिबेला आइसल्याण्डमा पर्यटन क्षेत्र धरासायी बनेको बताए । त्यतिबेला भोल्कानोको कारण आइसल्याण्डको आकाश खरानीले ढाकेर सबै उडान रद्ध भएको भन्ने गलत समाचारका कारण धेरै पर्यटकहरुले भ्रमण रद्ध गरेको स्मरण पनि गरे ।

नेपालमा पनि भुकम्प पछि त्यस्तै समाचार बाहिर आए पनि आफुहरुले फेसबुक मार्फत सकेसम्म सहि जानकारी दिन कोशिस गरेको उनको भनाइ थियो ।

सहभागीहरुले गएको प्रश्न तथा जिज्ञासाको जवाफ आइसल्याण्डका स्मारासन र नेपाली दुतावास नियोग उप-प्रमुख रामकाजी खड्काले दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment