Comments Add Comment

‘हाउ फन्नी’मा गाउँकी रमिता कसरी भइन् यति हट ?(भिडियो)

priyanka karki
गाउँमा रमाइरहेका दुई यूवती रमिता र पुष्पा एकाएक शहर आउँछन् र डिस्कोमा रमाउँछन् । चलचित्र ‘हाउ फन्नी’मा समावेश सोही प्रसंगको एक गीत युटुबबाट सार्वजनिक गरिएको छ ।
गीतमा प्रियंका कार्की(रमिता) र केकी अधिकारी(पुष्पा)लाई फिचरिङ गरिएको छ ।

चलचित्रमा दयाहाङ राई, निशा अधिकारी, अनुप विक्रम शाही पनि मुख्य भूमिकामा छन् । चलचित्र रिलिज भएको ४ दिनपछि एउटा हट नम्बर सार्वजनिक गरिएको छ । गीतमा प्रियंका कार्की खुबै खुलेकी छिन् भने केकी पनि अन्य चलचित्र भन्दा केही खुलेको देख्न सकिन्छ ।

टिनी बट वीग पिक्चर्सको ब्यानरमा तयार भएको यो चलचित्रलाई निलु डोमाले निर्देशन गरेकी हुन् । चलचित्रको यो गीतमा सुवानी मोक्तान र इन्दिरा जोशीको स्वर, शैलेन्द्र सिंह र शैलेश श्रेष्ठको संगीत, शैलेन्द्र सिंहको शब्द छ । चलचित्रले शुक्रबार र शनिबार राम्रो व्यापार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment