Comments Add Comment

सरकार छैन भन्नेहरुलाई चुनौती दिनेगरी काम गर्नुस्ः गृहमन्त्री

Shakti-Basnet-new

१३ वैशाख, बुटवल । गृहमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकमा सरकार छैन भन्दै आलोचना गर्नेहरुलाई चुनौती दिनेगरी काम गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् ।

शान्ति सुव्यवस्था कायम गर्न आवश्यक पर्ने सम्पूर्ण अधिकार सुरक्षा निकायमा निहीत रहेकाले कोही कसैको दबावमा नपरी काम गर्न बस्नेतले निर्देशन दिए ।

गृह मन्त्रालयद्वारा सोमवार बुटवलमा आयोजित क्षेत्रीय विशेष सुरक्षा गोष्ठीमा गृहमन्त्री बस्नेतले सुरक्षा निकायले आफ्नो दायित्व र कर्तव्यलाई आत्मसाथ गरी मुलुक र जनताको पक्षमा इमान्दारीका साथ काम गर्नुपर्ने बताए ।

उनले भने, ‘मुलुकमा आर्थिक विकास र सामाजिक सुशासन स्थापित गर्नुपर्ने दायित्व सुरक्षा निकायको हो, आफ्नो दायित्व अनुरुप निर्धक्क भएर कार्य सम्पादन गर्नुस् ।’

उनलेे मधेसी समुदायले आह्वान गरेको आन्दोलनको औचित्य नरहेको र उनीहरुले माग गरेका विषय संविधानमा पूरा भैसकेको बताए । आन्दोलन छोडोर वार्तामा आउन उनले आग्रह पनि गरे ।

जनताको भावनाविपरितका आन्दोलनले प्रश्रय नपाउने भन्दै उनले आन्दोलनकारीले नै आन्दोलनको औचित्य पुष्टि गर्न नसक्ने दावी गरे ।

विशेष सुरक्षा गोष्ठीमा लुम्बिनी अञ्चलका ६ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सशस्त्र प्रहरी प्रमुखहरु सहभागि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment