Comments Add Comment

अष्ट्रेलियाको क्रुज पार्टीमा यम र राजारामसँग झुमे नेपाली

yam-baral-in-ausसिड्नी ।  माहौल निकै तेजिलो थियो, सबै क्रुज भित्र छिर्न लालायित थिए । त्यसमाथि यूबा पुस्ताका चर्चित गायक एम बराल, बरिष्ठ हांस्य कलाकार राजाराम पौडेलको साथमा स्थानिय कलाकारहरूको प्रस्तुति हेर्न अब धैर्यता टुट्नै लागिसकेको थियो सिड्नी निबासी नेपालीहरूको ।

करिब ९ सय नेपाली बोकेर पानी जहाज हार्बर ब्रिजबाट हिड्यो तब सुरू भयो पानी माथिको यात्रा । यो बयान हो आइतबार अष्ट्रेलियाको सिड्नीमा भब्य रूपमा सम्पन्न क्रुज पार्टीको । यो जमघटको अबसर मिलाइदिएको हो चितवन समाज अष्ट्रेलियाले । सिड्नीको ब्यस्त शहरमा डलरको कमाईमा आफूलाई ब्यस्त बनाइरहेका नेपालीहरूलाई एकै स्थानमा जमघट गराउन सक्नु कम सजिलो थिएन तर ‘ मिहेनत र आँट्यो भने जे पनि सफल हुँदो रहेछ ‘ समाजका अध्यक्ष बुद्धी डल्लाकोटीले अनलाइखबरलार्इ बताए ।

खानपिन र समुन्द्र माथिको यात्रा मात्र नयाँ थिएन त्यहाँ युबा पुस्ताका चर्चित गायक एम बरालको सांगितिक प्रस्तुति अर्को आर्कषण थियो । ‘ धेरै देशमा धेरै तरिकाले गीत गाइयो तर अष्ट्रेलियामा आएर पानी माथि पनि गीत गाउँने अबसर दिनु भएकोमा आयोजकलाई धन्यबाद’ , गायक बरालले भने । उनले गीत गाउँदा आएको वान्समोरलाई आयोजकको सिमित समयले छेक्न नसकेपछि एमले आफ्नो हिट गीत गाए -‘ माया बस्यो मुटुमा मायांको मिठास छुट्टै ….. , उनि भन्दै थिए – ‘ तपाइहरूको मायांको मिठास छुट्टै -‘ । कार्यक्रमलाई तताउँदै बरिष्ठ हांस्य कलाकार राजाराम पौडेल जब स्टेजमा आए तब हांसोको फोहोरा नै फुट्यो-‘ तपाईहरू नाच्नुस, गाउनुस रमाइलो गर्नुस, परेको म ब्यहोर्छु -‘ राजारामले यतिमात्र के भनेका थिए समारोह नै बेग्लै भयो ।

cruz-party-aus

उनले हांस्य प्रस्तुति पपनि दिए । ‘ हामी खुशी छौं, सोचे भन्दा सफल भएका छौं, चितवन समाजका संरक्षक केशव सापकोटाले भने । अत्याधिक नेपालीहरूको सहभागिताले गर्दा मिहेनत खेर नगएकोमा दंग थिए कार्यक्रमका संयोजक धर्म अधिकारी । बालचंद्र भट्टराइको भनाइमा भने नेपालीहरूको धेरै सहभागिता भएको र सफल कार्यक्रम भित्र यो कार्यक्रम पर्छ । एम र राजाराम पौडेलसँगै स्थानिय कलाकारहरू सन्तेषि के.सीको नृत्य र सृजना खड्काले फेशन शोले पनि उपस्थित र्शकहरूलाई नयां स्वाद दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment