Comments Add Comment

गुल्मीमा एक वर्षमा ५२ जनाले आत्महत्या गरे

१४ वैशाख, गुल्मी । गुल्मीमा आत्महत्या गर्नेको सख्या वढदै गएको छ । जिल्लामा तीन वर्ष यता प्रतिवर्ष कम्तीमा ५० जनाले आत्महत्या गर्ने गरेको विवरण जिल्ला प्रहरी कार्यालय गुल्मीमा रहेको छ ।

Hangingआर्थिक वर्ष २०७२/०७३ को बैशाख सम्म ५२ जानले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका मुद्दाशाखाका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए ।

आत्महत्या गर्नेमा १७ जना महिला, ३१ जना पुरुष, १ जना वालक, विष सेवन गरि १ जना महिला र २ जना पुरुष रहेकोे जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्यङ्कमा उल्लेख छ ।

आर्थिक वर्ष २०६९/०७० मा गुल्मीमा ५२जनाले आत्माहत्या गरेका थिए । २०७०/०७१  सालमा ५३ जनाले अत्माहत्या गरेका थिए । २०७१/०७२ मा ५० जनाले आत्या माहत्या गरेका थिए भने यस आर्थिक वर्षमा ५२ जनाले आत्माहत्या गरेका छन् ।

आत्महत्या गर्नेहरु ८४ वषिर्या बृद्ध देखि ११ वषिर्य वालक समेत रहेका छन् । विवाहितले बढि मात्रमा आत्माहत्यागर्नुको कारण वैदेशिक रोजगार पनि एक भएको पाईएको छ ।

बढी मात्रमा गरिवी, दीर्घ रोगी, पारिवारीक कलह, अनुचित सम्वन्ध, वसाईसराई र प्रेममा असफलहरुले आत्माहत्या गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए ।

आत्महत्या न्यूनिकरणका लागि अव चेतना मुलक कार्यक्रम विशेष गरी गरिवीले आक्रन्त परिवार,  दीर्घ रोगी, मादकपदार्थ र अन्य लागुपदार्थको कुलतले जीवन देखि नै निरास भएकाहरुमा जनचेतना मुलक कार्याक्रमहरु लाने तयारी जिल्ला प्रहरी कार्यालय गुल्मीले गरेको प्रहरी नायव उपरीक्षक नेपालले जानकारी दिए ।

आत्महत्या न्यूनिकरणका लागी सरकारी गैर सरकारी, कार्यालयहरु, नागरिक समाज सहितको टोलीले गाउँ गाउँमा व्यापक रुपमा सचेतनामुलक कार्याक्रमहरु वढाउनु पर्ने नेपालको भनाई छ ।

अनिल खत्रिको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment