+
+
Shares

तत्काल संसद बैठक बोलाउन नेता सिंहको माग

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १४ गते १३:३८

Prakash Man Singh (2)

१४ वैशाख, काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले सरकारलाई तत्काल संसद बैठक बोलाउन आग्रह गरेका छन् । मुलुकमा धेरै समस्या रहेको र ति समस्याबारे संसदमा छलफल आवश्यक भएको भन्दै उनले आनाकानी नगरी बैठक बोलाउन आग्रह गरेका हुन् ।

मंगलबार डिल्लीबजारस्थित विजयस्मारक उच्च माविमा आयोजित एक कार्यक्रममा नेता सिंहले कालोबजारीले प्रश्रय पाउँदा र महंगीले सीमा नाघ्दासमेत सरकारको उपस्थिति नदेखिनु लाजमर्दो भएको बताए ।

‘अब यो सरकारसित आशा राख्नु निरर्थक छ,’ नेता सिंहले भने, ‘सरकाले गर्नुपर्ने न्यूनतम कामसमेत गर्न सकेको छैन ।’

विनाशकारी भूकम्प गएको एक बर्ष बित्दासमेत सरकारले पुनर्निर्माणको काम प्रभावकारी बन्न नसकेको उनले आरोप लगाए । ‘यी सबै विषयमा संसद बैठकमा कांग्रेसले कुरा उठाउँछ,’ उनले भने ।

आफ्नो निर्वाचन क्षेत्रका सामुदायका विधालयको पूर्वाधार विकास र शैक्षिक उन्नतिका लागि आफू क्रियाशील रहेको भन्दै नेता सिंहले सरकारी विद्यालयको सुधार आफ्नो प्राथमिकतामा रहेको समेत बताए ।

कार्यक्रममा नेता सिंहले विजयस्मारक उच्च माविमा मल्टिमिडिया सभा हल र बास्केटबल कोर्टको उदघाटन गरेका थिए ।

सिंहकै पहलमा स्वर्गीय मंगलादेवी सिंहको नाममा बुधबार पद्मकन्या स्कूल डिल्लीबजारमा छात्रावास भवन शिलान्यास गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?