Comments Add Comment

साम्राज्ञीलाई फिल्मको ओइरो, के छान्न सक्लिन् बिषय ?

samragyi-photo

पहिलो चलचित्रबाट नै चर्चित बनेकी नव-नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अहिले बिषयवस्तु छान्न खुबै गाह्रो भैरहेको छ । चलचित्र ‘डि्रम्स’बाट चलचित्र क्षेत्रमा डेब्यू गरेकी शाहले गतिलो तारिफ पाइन् ।

चलचित्रले पनि ५ करोड भन्दा बढीको व्यापार गर्‍यो, जसको जस यी सुन्दरीले लिइन् । यसैले पनि उनलाई अहिले चलचित्र छान्न धौ धौ परेको छ । चलचित्र ‘सायद २’का लागि अफर आउँदा साम्राज्ञीले ५ लाखको माग गरेपछि निर्मातासँग कुरा मिलेन । उनलाई निर्माता तथा नायक रमेश उप्रेतीले आफ्नो नयाँ चलचित्र ‘ऐश्वर्या’का लागि पनि अफर गरिएको छ ।

यस्तै, साम्राज्ञीलाई निर्देशक निलु डोमा शेर्पाले आफ्नो नयाँ चलचित्रका लागि अफर गरेको वुझिएको छ । निलुले साम्राज्ञीले मागे जती पैसा दिन तयार भएकाले पनि उनले यो प्रोजेक्टमा काम गर्ने संभावना छ ।

अहिले साम्राज्ञीका लागि चलचित्रको कथा लिएर पुग्ने निर्माताको कमी छैन । तर, के यी नायिकाले भूवन केसी जस्तै चलचित्र मेकिङ गर्ने निर्माण कम्पनी पाउलिन् ? साम्राज्ञीलाई बिषयवस्तु र ब्यानर हेरेर काम गर्नुपर्ने दबाब पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment