Comments Add Comment

भारतबाट आयातित बिजुली नियमित नहुँदा भैरहवावासी समस्यामा

Bulb,-Bijuli१५ वैशाख, भैरहवा । भारतबाट प्रयाप्त विजुली नआउँदा भैरहवावासीले सास्ती खेप्नु परेको छ । अहिले भैरहवावासीले तालिका भन्दा बढी लोडसेडिङ, लो भोल्टेज, विजुली आउने-जाने लगायतको समस्या खेप्नु परेको छ ।

भैरहवा विद्युत प्राधकिरणले जनाए अनुसार भारतबाट १ सय ३२ केभिएको विद्युत आउनुपर्नेमा १ सय १२ केभिएको मात्र विद्युत आउँदा यस क्षेत्रमा प्रवाह हुने विजुलीमा समस्या आएको हो । अधिकांश नेपाल भारतको सिमवार्ती जिल्लाहरुमा भारतको विजुली प्रवाह हुने गर्छ ।

लामो लोडसेडिङपछि बत्ति आउँदा उपभोक्ताले बिद्युतीय सामाग्री एकैपटक बाल्दा लोड बढि भएर ट्रान्सर्फमर पड्कने, थप लोडसेडिङ हुने लगायतको समस्याहरु उत्पन्न हुने गरेको भैरहवा विद्युत प्राधिकरणका प्रमुख मुनिन्द्र ठाकुरले बताए ।

२ सय ५० एमबिएको क्षमता भएको ट्रान्सफर्मरमा अहिले ४ सय एमबिए भन्दा बढी लोड भइरहेको अर्थात ट्रान्सफर्मरको क्षमता भन्दा बढी उपभोक्ताले विजुलीको प्रयोग गर्दा विजुली प्रवाहमा थप समस्या उत्पन्न भएको छ ।

त्यस्तै भारतबाट नेपाल सम्म विजुली आउने क्रममा विचमा ‘टेक्निकल चुहावट’ हुँदा प्रवाह हुने विद्युतमा भोल्टेजको समस्या उत्पन्न हुने गरेको छ । जति टाढाबाट विद्युत आउँछ त्यति भोल्टेज कम हुने गरेको विद्युतका प्राविधिक बताउँछन् ।

विगतमा भारतबाट नेपालमा बिजुली ल्याउने क्रममा चुहावट रोक्न नवलपरासीको सीमाक्षेत्रमा रहेको गण्डक पावर हाउसले काम गर्नेमा गण्डक बन्द हुँदा चुहावट रोक्न समस्या भएको छ ।

‘भैरहवामा नेपालको विजुली प्रवाह हुने हो भने विजुलीमा केही समस्यानै उत्पन्न हुदैन तर भैरहवामा नेपालको विजुली प्रवाह नहुँदा र भारतबाट आउने कमजोर गुणस्तरको विजुली अहिलेको मुख्य समस्या हो ।’ प्राधिकरण स्रोतले अनलाइनखबरसँग भन्यो ।

गत वर्ष पनि यस्तै समस्या आएको कारण भैरहवामा नेपालको विजुली प्रवाह गर्दा समस्याको समाधान भएको थियो । विद्युतको समस्याको समाधान गर्ने प्रयास भइरहेको र चाडै नै यसको समाधान हुने भैरहवा प्राधिकरणका प्रमुख ठाकुरले आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment