+
+
Shares

हिमालय बैंकले भाल्चेमा सौर्य बत्ती र ब्ल्यांकेट बाँड्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १५ गते १६:११

himalayana-bank
१५ वैशाख, काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत समाजिक दायित्व अन्तर्गत नुवाकोटमा सौर्य बत्ती तथा ब्ल्यांकेट वितरण गरेको छ ।

भाल्चे गाविसको वडा नम्बर ३,४,५,६,७,८ र ९ का झण्डै ८ सय ५० बासिन्दालाई बत्ती र ब्ल्यांकेट दिइएको हो ।

बैंकले स्थानीय भाल्चे-४ अवस्थित जल्जु निमाविका झण्डै ३ सय छात्र छात्राहरुका लागि कापी, कलम, ईरेजर, सार्पनर लगायतका शैक्षिक तथा विभिन्न खेलकुद सामग्री पनि प्रदान गरेको छ ।

हिमालयन बैंकका प्रमुख व्यवस्थापक एवम् मानव संशाधन विभाग प्रमुख कपिलप्रसाद लोहनी तथा बैंकका अन्य पदाधिकारीहरुले सामाग्रीहरु हस्तान्तरण गरे ।

कार्यक्रममा स्थानीय समाजसेवी छत्र लामा, जिल्ला सहकारी संचालक संघका अध्यक्ष बीरबल लामा, सुरक्षाकर्मीहरु तथा स्थानीय बुद्धिजीवीको पनि उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?