Comments Add Comment

भारतबाट फर्किएर देउवाले भने- बहुमतको सरकार छ, जबरजस्ती गर्न मिलेन

sher-bahadur-dauwa

१५ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किका छन् ।

पत्नी आरजु देउवाको उपचारका लागि भारत गएका देउवाले राजनीतिक भेटवार्ता पनि गरेका थिए । आरजुको उपचार लम्बिने भएपछि देउवा एक्लै स्वदेश फर्किएका हुन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस सभापति देउवाले भने, ‘ससंद बोलाइएको छ । हामी सशत्तल विपक्षीको भूमिका निर्वाह गर्छौ ।’

कहिलेसम्म हो प्रतिपक्षी हुने भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा देउवाले हाँस्दै भने, बहुमतको सरकार छ । हामी विपक्षीको भूमिकामा छौं त के गर्ने ? जबरजस्ती गर्न मिलेन ।’

भारतीय विदेशमन्त्री स्वराजसँग भएको भेटबारे सोधिएको प्रश्नमा देउवाले नेपालको समस्या आपसमा मिलेर समाधान गर्नुपर्छ भनेर छलफल भएको बताए । कांग्रेसले केही समय अघि पनि वार्ता गरेको भन्दै उनले भने, फेरि पनि वार्ता गछौं र वार्ताबाटै समाधान गर्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment