Comments Add Comment

एमाओवादीका दुई जिल्ला नेता नयाँशक्तिमा

Baburam-bhattrai

१५ वैशाख, काठमाडौं । एमाओवादी रुपन्देहीका जिल्ला सदस्य लक्ष्मण खड्का र अर्घाखाँचीका कोषाध्यक्ष थमकुमारी खनाल बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा प्रवेश गरेका छन् ।

एमाओवादी पार्टी भ्रष्ट बनेको भन्दै खड्काले विज्ञप्ति जारी गरेर नयाँ शक्तिमा प्रवेश गरेको जनाएका छन् ।

यसैवीच वाइसिएलका पूर्व नेता पूर्वसभासद चन्द्रबहादुर थापा ‘सागर’ले टुँडीखेलमा सुरु गरेको अनसनमा नयाँ शक्ति नेपालले ऐक्यवद्धता जनाएको छ । नयाँशक्तिका अभियन्ता देवेन्द्र पौडेलले टुँडीखेल पुगेर सागरको अनसनमा ऐक्यवद्धता जनाएका हुन् ।

सम्पूर्ण बेरोजगार युवालाई रोजगार दिनुपर्ने माग राख्दै सागर अनसन बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment