सदाबहार नायक भूबन केसी र उनका छोरा तथा चर्चित नायक अनमोल केसी अष्ट्रेलिया आइपुगेका छन । बुधवार राति बाबु छोरा सिड्नी झरेका हुन । आफ्नो हिट चलचित्र ड्रीम्स लिएर बाबु छोरा अष्ट्रेलिया आएका हुन । यो चलचित्रको प्रर्दशनीको यहाँ भब्य तयारी भैरहेको छ ।
यो चलचित्र सिड्नी मात्र नभएर अष्ट्रेलियाका अन्य शहरहरूमा पनि लाग्ने आयोजक मध्येका एक राजमान थकालीले जानकारी गराए ।
चलचित्र सिड्नी, मेलबर्न, पर्थ, डार्बिनलगायतका शहरहरूमा लाग्ने छ । नेपाल र कोरियामा हिट भैसकेको आफ्नो चलचित्र अष्ट्रेलियामा रहेका नेपालीहरूले पनि मन पराउने दाबी भुबनले गरे ।
अनमोलले आफु पहिलो पटक अष्ट्रेलिया आएको र सुरूमा नै माया पाएकोमा खुसी ब्यक्त गरे, उनी भन्छन्-‘ मेरो चलचित्र हेर्न अष्ट्रेलियाबासी नेपालीहरू हलमा आउनु हुन्छ भन्नेमा मलाई बिश्वास छ’ ।
युवा पुस्ताको कथालाई बिशेष रूपमा उठाइएको यो चलचित्र मार्फत अनमोलको क्रेज झनै उकासिएको छ । भुबन र अनमोलको साथमा चलचित्र हेर्न पाइने कारणले पनि यो चलचित्र यतिबेला अष्ट्रेलियामा गरम भएको छ ।
प्रतिक्रिया 4