+
+
Shares

रामवरणहरूको भेटघाट अलि अनौठै भयो कि ?

डा. गोपाल चिन्तन सिवाकोटी डा. गोपाल चिन्तन सिवाकोटी
२०७३ वैशाख १६ गते १०:०९

अहिले धेरै केही नभनौँ । तर यस संसारमा सबैभन्दा ठूला ठूला भ्रष्टाचार गर्नेहरू लोकतन्त्र र मानवअधिकारका नारा लिएर सत्तामा पुगेकाहरु नै हुन्छन्, हुने गरेका छन् ।

Gopal-Chintanअनि अहिलेको शुद्ध–अशुद्ध पारदर्शी–अपारदर्शी, कालो–सेतो, विकासे वा जासुसी वा विखण्डनकारी स्वदेशी वा विदेशी धनराशीका खेतीमा सबैभन्दा बढी रमाएका र फस्टाएका त नेपालमा मात्र नभई अरु कैयौँ देशमा पनि मानवअधिकार, लोकतन्त्र र विकासको गैरसरकारी खेती गर्ने नागरिक समाज वा यस्तै यस्तै अनेक अनेक समाजहरु नै हुन् ।

त्यसैले निर्वाचित लोकतन्त्रका सांसद् वा मन्त्री वा शासकहरुले भ्रष्टाचार गर्दैनन् वा कोही व्यक्ति कुनैबेला पहिले वा अहिले लोकतन्त्र र मानवअधिकारका लागि लड्थे, लेख्थे वा बोल्थे वा बोल्छन् भन्दैमा ऊ सँधै कञ्चन सदाचारी हुन्छ वा उनीहरु कसैमाथि राज्यले कानूनबमोमिज अनुसन्धान्सम्म पनि गर्नै पाउँदैन, हुँदैन भन्नु आफैँमा गलत हो, महा भ्रष्टाचार हो ।

बाँकी कुरा अख्तियार दूरुयोग अनुसन्धान आयोगले नै पुष्टि गरोस् । तर, पुष्टि नभए पनि कसैको शंकास्पद आर्थिक स्रोत, हैसियत वा कानूनी अनुसन्धानमा असहयोग वा बाधाअड्चन गरेबापत केही कारवाही नै गर्नुहुँदैन वा मिल्दैन भन्नुचाहिँ सुशासनकै मान्यताविपरीत भयो कि ?

तर, एउटा कुरा भने अचम्मै छ । यस देशमा धनीमानी वा नाम चलेकाहरुका आर्थिक स्रोत, राजश्व छली वा अपचलन वा शंकास्पद गतिविधिका बारेमा अनुसन्धान थाल्नेबित्तिकै सारा देश उर्लने, विदेशीहरु पनि कुर्लने, डा. रामवरण(हरु) पनि लाम लागेर भेटघाटमा व्यस्त रहने कुराचाहिँ अलि अनौठै भयो कि ?

कि अब उप्रान्त राज्यको हस्तक्षेपको शिकार हुने सबै नेपालीहरुका लागि यस्तै हल्लाखल्ला र हैसियतको सुविधा मिल्ने हो कि ?

कुनै बेला बरिष्ठ अधिवक्ता शम्भु थापालाई आन्तरिक राजश्व विभागले अनुसन्धान गर्दा सर्वोच्च अदालतले रिट दर्ता भएकै दिन सुनुवाइ गरी उनको पक्षमा फैसला गरेको थियो । यसरी नेपालको न्यायिक इतिहासमात्र उनीमात्र सबैभन्दा भाग्यमानी नागरिक ठहरिए, प्रचलित कानूनी कार्यविधिविपरीत उसैदिन न्याय पाउनेमा । अब अर्का यस्ता भाग्यमानी नागरिकमा कनकमणिको नाम दर्ता हुने सम्भावना देखिँदैछ ।

आफूचाहिँ सुशासन, पारदर्शिता र गलत काम गर्नेहरू जोसुकै पनि दण्डसजायँको दायरामा आउनुपर्दछ भन्ने पक्षको नागरिक भएकाले शम्भु थापा वा कनकमणि प्रकरणहरु सामान्य हुन् भन्ने लाग्दछ । गरोस् अख्तियार वा राजश्वले हामी सबै नेपालीको छानविन, माथिदेखि तलसम्म । न कि तलदेखि माथिसम्म !

कामना गरौँ कनकमणि स्वच्छ रहुन् र अख्तियार गलत साबित होस् । तर, यो भनेको त अदालतमा लडिएका सबै मुद्दामा सबैको सँधै जित हुँदैन भन्ने मान्यताकै एउटा अंश पनि त होला ।

ठूलाबडाहरुबाटै थालिनुपर्दछ भ्रष्टाचार र अनियमितताहरुको छानविन त । त्यसमा पनि खुलेआम विदेशी रकम भित्रिने र नेपालको राष्ट्रिय हितविपरीत तिनको प्रयोग हुने कुरामा त पूर्णरुपले अङ्कुश लगाउनै पर्दछ ।

प्रत्येक नेपाली नागरिकका विदेशमा रहेका बैँक खाता र स्रोतहरु सार्वजनिक गरी कानूनबमोजिम सजायँ हुनैपर्दछ । नत्र कसरी हुन्छ, भ्रष्टाचाररहित सुशासन, समृद्धि र राष्ट्रिय हितको सुरक्षा ?

कानूनभन्दा माथिचाहिँ कोही पनि हुनुहुन्न, जो नेपालमा व्याप्त छ ।

कनकमणिप्रति शीघ्र स्वास्थ्यलाभ र निर्दोषिता प्रमाणीकरणका लागि अग्रिम शुभकामना !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?