Comments Add Comment

दाङ देउखुरीको धैरेनीमा आगलागी, लाखौंको क्षति

Fire,-File-Photo
फाइल तस्वीर

१६ वैशाख, दाङ । दाङ देउखुरीको गोबरडिहा गाविस ७ धैरेनीस्थित एक होटलमा बिहीबार दिउँसो आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ । भिमप्रसाद शर्माका छोरा खिमप्रसादको होटलमा आगलागी भएको हो ।

खरले छाएका दुईवटा घरमा खिमप्रसादले होटल सञ्चालन गरेका थिए । उनले उक्त होटलबाट राम्रो कमाइ गरेका थिए ।

ब्याइलर कुखुरा पोल्ने क्रममा घरमा आगो सल्किएको र नगद डेढ लाख रुपैयाँसहित होटलमा रहेका सबै धनमाल जलेर नष्ट भएको उनले बताए ।

‘होटलबाट केही पनि निकाल्न पाइएन, दराजमा डेढ लाख रुपैयाँ थियो । त्यो पनि खरानी भयो,’ उनले भने ।

आगो निभाउने क्रममा उनी सामान्य घाइतेसमेत भएका छन् । उनको टाउकोमा आगोले पोलेको छ । स्थानीयले करिब एक घण्टाको प्रयासमा आगो निभाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment