प्रतीकात्मक तस्वीर
२९ मंसिर, काठमाडौं । पछिल्ला २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घण्टामा आगलागीका २२ वटा घटना भएका र ती घटनामा परी दुई जनाको मृत्यु हो । यस्तै, आगलागीसहितका विपदजन्य घटनामा नौ जना घाइते भएका छन् ।
पछिल्ला दिनमा आगलागीका घटना बढ्दै गएको जनाउँदै प्राधिकरणकी प्रवक्ता शान्ति महतले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरिन् ।
उनका अनुसार मृत्यु हुनेमा सङ्खुवासभाको चैनपुरमा ग्यास चुहिएर आगलागी हुँदा एक जना र रामेछापको सुनापातीमा एकजना रहेका छन् । ती घटनामा रु तीन करोड १४ लाखको आर्थिक क्षति भएको जनाइएको छ ।
पछिल्ला विपदजन्य घटनामा आगलागीका मात्रै २२ वटा घटना भएको छ । गएको एक महिनामै आगलागीमा परी आठ जनाको मृत्यु भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4