Comments Add Comment

ताप्लेजुङमा पर्यटकको वृद्धि भएसँगै होटल खुल्ने क्रम बढे

taplejung_hotelताप्लेजुङ । पछिल्लो समय आन्तरिक तथा बाहृय पर्यटकको बृद्धि भएसँगै ताप्लेजुङमा ठूलो लगानीमा सुविधा सम्पन्न होटल तथा रिसोर्ट खुल्ने क्रम बढेको छ ।

विश्वकै तेस्रो तथा नेपालको दोस्रो हिमाल कञ्चनजंघा र प्रशिद्ध तिर्थस्थल पाथिभराको दर्शन तथा अबलोकन गर्ने तिर्थयात्री तथा पर्यटकको चाप बढेसँगै सुविधा सम्पन्न होटल तथा रिसोर्ट खुल्न थालेको हो ।

पर्यटकीय क्षेत्र प्रशस्त भएको र सदरमुकाम हुँदै सुकेटार एयरपोर्ट सम्म कालोपत्रे सडक पुगेकाले दैनिक सैयौँको संख्यामा पर्यटक तथा तिर्थयात्री आउन थालेपछि उनीहरुको सुविधाका लागि करोडौको लगानिमा होटल खोल्ने होडनै चलेको छ ।

केहि दिन अघि मात्र सदरमुकाम नजिकै स्थानिय सुरेस लिम्बुले छ करोड भन्दा बढीको लगानिमा जिल्लाकै सुविधा सम्पन्न मेवाखोला हिल रिसोर्टको सुरुवात गरेका छन् । छ करोड भन्दा बढीको लगानिमा स्थापना भएको यो जिल्लाकै पहिलो रिसोर्ट भएको उनको दाबी रहेको छ ।

पर्यटकीय जिल्ला भए पनि पर्यटक र तिर्थयात्रीले चाहे जस्तो सेवा सुविधा नपाएकाले उनीहरुको मागलाई ध्यानमा राख्दै पार्किङ सहितको शान्त वाताबरणमा रिसोर्ट स्थापना गरेको लिम्बुको भनाई छ ।

सदरमुकाम, सुकेटार, पाथिभरा क्षेत्र लागायका स्थानमा धेरै होटल खोले पनि तिर्थयात्रीको माग र चापलाई होटलहरुले थेग्न नसक्दा यस अघि तिर्थयात्री र पर्यटकले पीडा खेप्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment