जापान । जापानको टोकियोमा मे १ तारिखका दिन आयोजना हुने म्युजिक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।
मिडिया म्यासेज प्रालि जापानको तेस्रो वाषिर्क उत्सवको अवसरमा मे १ तारिख आइतबार म्युजिक मेलाको आयोजना गर्न लागिएको हो ।
म्युजिक मेलाको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक तथा मिडिया म्यासेज प्रा.लि.का प्रबन्ध निर्देशक नविन निउरेले जानकारी दिए ।
म्युजिक मेलाका लागि नेपालबाट चर्चित कलाकारहरु सुगम पोखरेल, सम्झना लामिछाने मगर, र्यापर निर्णय ‘एनएसके’, सहिमा श्रेष्ठ, नविन पौडेल जापान आउँदैछन् ।
साथै हाँस्य कलाकार कुमार श्रेष्ठ फर्सिलालको समेत विशेष प्रस्तुती रहनेछ । कार्यक्रम मे १ तारिखमा टोकियोस्थित ओता सिटी हल इकेगामी खाइकानमा हुनेछ ।
मे १ तारिख बेलुका ४ बजेदेखि सुरु हुने म्युजिक मेलामा सहभागी हुन सम्पूर्ण जापानबासी नेपालीहरुमा आयोजकले अनुरोध गरेका छन् ।
कार्यक्रमको जापानका लागि कार्यवाहक नेपाली राजदूत गेहेन्द्रबहादुर राजभण्डारीले उद्घाटन गर्नेछन् । म्युजिक मेलाका टिकटहरु जापानको टोकियोका विभिन्न स्थानमा टिकट विक्री भइरहेको निउरेले जानकारी दिए ।
प्रतिक्रिया 4