Comments Add Comment

मल्टिप्लेक्समा ‘हाउ फन्नी’ राम्रो, करोड ग्रस छ व्यापार

keki and priyanka
बक्स अफिस नहुँदा नेपाली चलचित्रको व्यापार जथाभावी सार्वजनिक भैरहेका छन् । निर्माताले पनि चलचित्र चल्छ भनेर चलचित्रको व्यापार मनलाग्दी भनिदिने चलन छ । जसकाकारण, चलचित्र फेसबुक र मिडियामा चलेपनि निर्माताको गोजीमा भने चलेका हुँदैनन् । बाहिर करोड कमायो भनेर प्रचार गरिएका चलचित्रका निर्माता पुरपुरोमा हात राखेर बसेका पनि छन् ।
यतिबेला गत शुक्रबारदेखि रिलिज भएका २ चलचित्र ‘हाउ फन्नी र बाटो मुनिको फूल २’को बिषयमा पनि फरक-फरक व्यापार सार्वजनिक भएका छन् ।

हामी यहाँ चलचित्र ‘हाउ फन्नी’को व्यापारको कुरा गर्दैछौ । चलचित्र ‘हाउ फन्नी’ले पहिलो सातामा देशभरबाट करोड ग्रसको व्यापार गरेको छ । चलचित्रको व्यापारमा काठमाण्डौका केही मल्टिप्लेक्सको योगदान देखिएको छ । काठमाण्डौका जय नेपाल, बीग मुभिज र एफक्यूबमा चलचित्रको व्यापार माथि छ । कुमारी हलमा चलचित्रको व्यापार उत्कृष्ट देखिएको छैन ।

काठमाण्डौ बाहिर चलचित्रको व्यापार औषत छ । काठमाण्डौमा चलचित्र वितरणको जिम्मा लिएका वितरक सुनिल मानन्धरले देखाएको रिपोर्टलाई हेर्ने हो भने पनि माथि उल्लेखित ३ हलमा यो चलचित्रले पहिलो सातामा राम्रो व्यापार गरेको छ ।

सुनिलले चलचित्र रिलिज अगाडि आफूले १५ लाख हालेको बताए । यो रकम चलचित्रको शुक्रबार र शनिबारको व्यापारबाट उठेको उनको भनाई छ । चलचित्रले काठमाण्डौबाट ३० लाखसम्मको शेयर प्राप्त गर्ने सुनिलको भनाई थियो । काठमाण्डौ बाहिर चलचित्रको व्यापार उत्कृष्ट छैन । जसका कारणले पनि यो चलचित्रले हालसम्म करोड माथिको ग्रस गरेको देखिन्छ ।
निलु डोमा शेर्पाले निर्देशन गरेको यो चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, अनुप विक्रम शाही जस्ता चिनिएका अनुहार छन् । मल्टिप्लेक्स व्यापारमा केही माथि रहनुको मुख्य कारण नै चिनिएका अनुहार रहेको वितरकहरु बताउँछन् । समिक्षागत रुपमा भने चलचित्रले ताली भन्दा गाली बढी पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment