Comments Add Comment

बेलायतले भन्यो- कुमार लामालाई जुन महिनासम्म कुर्नुस्

कमल थापाले दिए बेलायती प्रधानमन्त्री र विदेश मन्त्रीलाई नेपाल भ्रमणको निम्तो

Kamal-Thapa
१७ वैशाख, काठमाडौं । सरकारले कर्णेल कुमार लामालाई छिटो मुक्त गरेर नेपाल फिर्ता गर्न बेलायत सरकारलाई आग्रह गरेको छ । बेलायत सरकारले आगामी जुन महिनासम्म प्रतिक्षा गर्न जवाफ दिएको छ ।

तका आरोपी कर्णेल लामालाई बेलायत सरकारले पक्राउ गरी थुनामा राखेको छ । उनी विगत तीन वर्षदेखि बेलायतको जेलमा छन् । उनीविरुद्धको मुद्दाको टुंगो आगामी जुन महिनामा हुँदैछ ।

बेलायत भ्रमणबाट शुक्रबार स्वदेश फर्किएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सन्चारकर्मीसँग कुरा गर्दै भने, ‘कर्णेल कुमार लामाको मुद्दा लामो समयदेखि टुंगो नलागेकोबारे गम्भीर चिन्ता प्रकट गरें । विदेश मन्त्रीले अदालतमा बिचाराधीन विषयमा सरकारबाट हस्तक्षेप गर्न नमिल्ने तर दुई देशको सम्बन्धलाई ध्यानमा राख्दै सरकारले आवश्यक गर्ने निर्णय गर्छ भन्ने जवाफ आएको छ ।’

मन्त्री थापाले न्यूयोर्क हुँदै बेलायत पुगेका थिए । बेलायतमा रहँदा उनले विदेशमन्त्री जोन केरी र प्रधानमन्त्री डेभिड क्यामरुनको सल्लाहकारसँग भेटवार्ता गरेका थिए । उनले क्यामरुन र केरीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन् ।

केरीले सन् २०१६ को अन्त्यसम्म नेपाल भ्रमण गर्ने जवाफ दिएको र क्यामरुनले नेपाल भ्रमणबारे कुटनीतिक छलफल गरेर आवश्यक निर्णयमा पुग्ने जवाफ दिएको मन्त्री थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment