Comments Add Comment

एकसाता नबित्दै १० नक्कली इन्जिनियर पक्राउ, आज थप २ समातिए

Nakkali-Engineer
शुक्रबार पक्राउ परेका सन्देश घिमिरे र श्रीराम आचार्य

१७ वैशाख, काठमाडौं । नेपाल प्रहरीको अपराध महाशाखाले शुक्रबार थप दुई नक्कली इन्जिनियरहरुलाई पक्राउ गरेको छ । एक हप्ता पनि नपुग्दै पक्राउ पर्ने नक्कली इन्जिनियरहरुको संख्या १० पुगेको छ ।

महाशाखाले शुक्रबार गोर्खा नगरपालिका-९ का २९ वर्षीय सन्देश घिमिरे र खोप्लाङ-२ का वर्ष २९ कै श्रीराम आचार्यलाई पक्राउ गरेको छ । उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ ।

नक्कली प्रमाणपत्र बनाएर नेपाल ईन्जिनियरिङ परिषदमा दर्ता गराई केही ईन्जिनियरहरुले काम गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा अपराध महाशाखाले अनुसन्धान गर्दै आएको छ ।

महाशाखाबाट खटिएको अनुसन्धान टोलिले ललितपुर उपमहानगरपालिका-१८ गाबहालस्थित कम्प्युटर डिजाइन गर्ने कार्यालयमा छापा मारेर उपकरण, नक्कली सरकारी छाप, नक्कली ईन्जिनियरिङहरुको प्रमाण पत्र र परिषदमा दर्ता गर्न चाहिने अन्य कागजातहरु समेत बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment