कलाकारले बोल्ने एउटा रमाइलो भाषा छ । जब हातमा चलचित्र पर्न छाड्छ, उनीहरु आफू चुजी भएको बताइदिन्छन् । जब चलचित्रका भीड लाग्छ, व्यस्त भएको बताइदिन्छन् । आखिर कलाकार न हुन्, जे बोलेपनि चर्चा ।
नायिका जेनिशा केसीको अस्तित्व त अहिले चलचित्र क्षेत्रमा खासै छैन । फाट्टफुट्ट चलचित्रमा देखिनु बाहेक उनको न कुनै चर्चा छ , न कुनै व्यस्तता । तर, नायिका केसी भने आफू चुजी भएकाले काम चलचित्र खेल्न थालेको बताउन थालेकी छिन् । जेनिशा अभिनित चलचित्र ‘एक्सन’ जेठ १४ गतेबाट रिलिज हुँदैछ ।
सोही कार्यक्रममा उपस्थित नायिकाले चलचित्रको ट्रेलरमा कम देखाइएकोमा गुनासो त गरिन् । तर, निर्माणपक्षले जेनिशाको स्टारडमको खासै अर्थ देखेन । जेनिशा भने आफूले चलचित्रमा राम्रो काम गरेको बताउन थालेकी छिन् ।
चलचित्र हातमा नभएपछि आफू चुजी भएको र राम्रो कथामा मात्र काम गर्न थालेको यी सुन्दरीको भनाई छ । तर, चुजी हुनका लागि पहिला चलचित्रको अफर पनि प्रशस्तै आउनुपर्छ भन्ने यी नायिकाले नवुझेकी नै हुन् त ?
प्रतिक्रिया 4